२१ मंसिर २०८२, आईतवार
,
Latest
नेपालमा लैङ्गिक हिंसाको बहुआयामिक चुनौतीः कानूनी ढाँचा मजबुत भएपनि कार्यान्वयन कमजोर मधेसका मुख्यमन्त्रीद्वारा मन्त्रीमण्डल विस्तार गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको मृत्यु लगानीका लागि स्थायित्व जरुरी छः सिइओ ज्ञवाली राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेको स्वास्थोपचार गरी कागजात पेश गर्न अदालतले दियो आदेश



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई उच्च रक्तचापको समस्या रहेकोले स्वास्थोपचारका लागि आदेश दिइएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेल्वासेले सो आदेश दिएका हुन् । लामिछानेलाई आजै ४ दिन म्याद थप गर्न आदेश भएको छ । लामिछानेसँगै पूर्व डिआइजी छविलाल जोशीको हकमा पनि सोही आदेश दिइएको छ ।

‘प्रतिवादीहरु रवि लामिछाने र छविलाल जोशीको उच्च रक्तचापको समस्या रहेको भन्ने देखिएको हुँदा चिकित्सकबाट जाँच तथा आवश्यक उपचार गराइ उपचारसँग सम्बन्धित कागजातको प्रतिलिपि यस अदालतमा पेश गर्नु र अनुसन्धानका क्रममा हिरासतमा राख्नका लागि म्याद थप गरिएका व्यक्तिहरुको मानवअधिकारको उल्लंघन हुने कुनै कार्य नगर्नु, नगराउनु भनि जिल्ला प्रहरी कार्यालय कास्कीलाई लेखि पठाउनु ।’ अदालतले भनेको छ ।

लामिछाने र जोशीसँगै लिला पछाई, रामबहादुर खना, र कृष्णबहादुर गुरुङलाई पनि एउटै कसुरमा थप चार दिन थुनामा राख्ने गरी अनुमति दिइएको छ ।

प्रहरीले उनीहरु तीनैजनामाथि सहकारी ठगी गरी सम्पत्ति सुद्धीकरण गरेको सम्बन्धी कसुरमा अनुसन्धान नसकिएकाले म्याद थपका लागि आदेश मागेको थियो ।