१३ भाद्र २०८३, शनिबार
,
Latest
आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवादी प्रेस संगठनको संस्थापक उपाध्यक्ष बिडारीद्वारा संगठन परित्याग



अ+ अ-

काठमाडौँ । नेकपा एस निकट समाजवादी प्रेस संगठनको संस्थापक उपाध्यक्ष तथा उपत्यका इन्चार्ज शन्तराम बिडारीले सो पार्टीका सबै निकाय परित्याग गरेको घोषणा गरेका छन् ।

प्रेस चौतारी नेपाल र प्रेस युनियनले आइतबार राजधानीमा आयोजना गरेको निर्मला शर्मा समूहको उम्मेदवारी परिचय कार्यक्रममा उनले यस्तो घोषणा गरेका हुन् ।

साथै, बिडारीले नेपाल पत्रकार महासङ्घको आगामी मङ्सिर २८ गते हुने निर्वाचनमा आफूले दिएको कोषाध्यक्षको उम्मेदवारी समेत फिर्ता लिएका छन् । फिर्तासँगै उनले संयुक्त समूहबाट उम्मेदवार बनेका रामकृष्ण ज्ञवालीलाई समर्थन गरेको घोषणा गरे ।

उम्मेदवार परिचय कार्यक्रममा बोल्दै उनले भने – ‘म समाजवादी प्रेस सङ्गठनको केन्द्रीय सल्लाहकार, पार्टीको केन्द्रीय प्रचार विभाग सदस्यमा समेत नरहने गरी सो पार्टी सम्बद्ध सबै निकाय परित्यागको घोषणा गर्दछु ।’

उनले आफूलाई कुनै बेला नेपाल पत्रकार महासङ्घको काठमाडौं जिल्लाको अध्यक्ष बनाउन प्रेस चौतारीले महत्वपूर्ण भूमिका निर्वाह गरेकाले चौतारीसँग भावनात्मक सम्बन्ध रहेको बताए ।

उनले आजै फेसबुकमा लेखेका छन् ‘समाजवादी प्रेस संगठनको संस्थापक उपाध्यक्ष तथा उपत्यका इन्चार्ज एवं हालको केन्द्रीय सल्लाहकार तथा नेकपा एकीकृत समाजवादीको केन्द्रीय प्रचार बिभागको सदस्य पद गर्वसाथ परित्याग गरेको छु। यसबेलासम्म सहकार्यमा रहनुहुने प्रिय मनहरुप्रति आभारी छु ।’

बिडारी केन्द्रीय सल्लाहकार तथा नेकपा एस केन्द्रीय प्रचार विभागको सदस्य समेत थिए ।