• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

बुन्डेसलिगामा बायर्नको जित



काठमाडौँ । जर्मन फुटबल लिग बुन्डेसलिगामा बायर्न म्युनिखले जित निकालेको छ ।

गएराति भएको खेलमा बायर्नले उल्फ्सवर्गलाई उसकै घरेलु मैदानमा ३–२ गोलले हराएको हो । बायर्नलाई जित दिलाउन जमाल मुसियाला र सर्ज गनाब्रीले एक–एक गोल गरे । एक गोल भने बायर्न उपहारस्वरुप पाए । उल्फ्सवर्गका जाकुब किमिन्स्कीले आत्मघाती गोल गरेपछि बायर्नले जित निकालेको हो ।

यता, उल्फ्सवर्गका लोभ्रो माजेरले दुबै गोल गरेपनि टोलीको हार टार्न सकेनन् । जितसँगै बायर्नले ३ अंक जोडेको छ ।