• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo

गुन्डोवान म्यान्चेस्टर सिटीमै फर्किने



काठमाडौँ । जर्मन मिडफिल्डर इल्काए गुन्डोवान इंग्लिस क्लब म्यान्चेस्टर सिटीमै फर्किने भएका छन् । गत सिजन स्पेनिस क्लब बार्सिलोना पुगेका गुन्डोवान फेरि सिटीमै आउन लागेका हुन् ।

सिटीको पूर्वकप्तान समेत रहेका गुन्डोवान बार्सिलोनाबाट फ्रि डिलमा सिटी आउन लागेको र सम्झौता पूरा भइसकेको सिटीका मुख्य प्रशिक्षक पेप गार्डिवालाले स्पष्ट पारेका छन् ।

उनी फ्रि ट्रास्फरमा सिटी फर्किने र २०२५ जुन सम्मको लागि सिटीमा रहने पनि उल्लेख गरिएको छ । त्यसपछि पनि क्लब र उनले चाहेमा सम्झौता बढाउन सकिने बताइएको छ ।

गुन्डोवानले सिटीबाट १८८ खेलमा ४४ गोल गरेका छन् । उनी २०१६ मा जर्मन क्लब बोरुसिया डर्टमण्डबाट सिटीमा आएका थिए ।