२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः विभिन्न पदका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक News Polar कांग्रेस १५औँ महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची News Polar रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख नगद सहयोग गर्ने News Polar मालढुङ्गा पुल पश्चिम नेपालकै लाइफलाइन हो, जतिसक्यो चाँडै सञ्चालनमा ल्याउनुपर्छः ढकाल News Polar नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति News Polar बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा News Polar पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज News Polar जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी News Polar कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र News Polar ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट

बंगलादेश घटना: अन्तर्राष्ट्रिय द्वन्द्व र भूराजनीतिको यथेष्ट भूमिका: नारायणकाजी श्रेष्ठ

बंगलादेश घटना:  अन्तर्राष्ट्रिय द्वन्द्व र भूराजनीतिको यथेष्ट भूमिका: नारायणकाजी श्रेष्ठ
file photo
अ अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बंगलादेश घटना अन्तर्राष्ट्रिय द्वन्द्व र भूराजनीतिको यथेष्ट भूमिका रहेको टिप्पणी गर्नुभएको छ ।

नेता श्रेष्ठले सामाजिक सञ्जालमा लेख्नुभएको छ, अहिलेसम्म आइपुग्दा तत्कालिन प्रधानमन्त्री शेख हसिना स्वयंको अभिव्यक्ति लगायतका विषयहरुबाट के स्पष्ट हुँदै गएको छ भने बङ्गलादेशको घटना घरेलु परिघटनामा मात्र सीमित रहेन । यसमा अन्तर्राष्ट्रिय द्वन्द र भूराजनीतिको यथेष्ट भूमिका छ ।

उहाँले लेख्नुभएको छ –

मैले केही दिन अघि सामाकिक सञ्जालमा बङ्गलादेशमा विकसित शेख हसिनाको विदेश पलायन सहितको पछिल्लो राजनीतिक घटनाक्रमका बारेको प्रतिक्रिया दिंदा यसो पनि भनेको थिएँ, ‘बङ्गलादेशमा घटेको घटनाक्रमको सम्पूर्ण पाटापक्षका बारेमा अहिले नै निष्कर्ष निकाल्नु हतारो हुन सक्छ ।’

अहिलेसम्म आइपुग्दा तत्कालिन प्र.म.शेख हसिना स्वयंको अभिव्यक्ति लगायतका विषयहरु बाट के स्पष्ट हुँदै गएको छ भने बङ्गलादेशको घटना घरेलु परिघटनामा मात्र सीमित रहेन ।

यसमा अन्तर्राष्ट्रिय द्वन्द्व र भूराजनीतिको यथेष्ट भूमिका छ । साथै, हिंदू अल्पसङ्ख्यक माथिको निकृष्ट दुर्व्यवहारको निन्दनीय अतिवादको पक्ष पनि उजागर भइसकेको छ । यो ज्यादै गम्भीर पक्ष हो, जसप्रति सबै समयमै सचेत हुनुपर्छ । अन्यथा वैदेशिक हस्तक्षेप र धार्मिक अतिबादी द्वन्द्वले सबै तिर एउटा वा अर्को रुपमा ज्यादै नकारात्मक नुकसानदाय प्रभाव देखाउन सक्ने खतरा लाई नजरअन्दाज गर्न सकिन्न ।

तर यसका बाबजुद के कुरामा स्पष्टताको आवश्यकता छ भने फेरि पनि जनताको भूमिका नै निर्णायक हुन्छ । राज्य र सरकारले देश र जनताको पक्षमा काम गरेको अवस्थामा वैदेशिक हस्तक्षेप र अतिवादका लागि कुनै कुनै निमित्त कारण वा आधार प्राप्त हुन सक्दैन । त्यसको सट्टा जनतामा निराशा, असन्तुष्टी र आक्रोश पैदा भएमा त्यसप्रकारको शक्ति र प्रवृत्तिले जनतालाई प्रयोग गर्ने खतरा रहिरहन्छ । त्यसैले देश र जनताप्रतिको आफ्नो दायित्व पूरा नगरी अन्य पक्ष, प्रवृत्तिलाई दोष लगाएर मात्र समाधान प्राप्त हुँदैन । देश र जनताप्रतिको सरकारको निष्ठा र कामले नै जनताको साथ सहित राष्ट्रिय एकता कायम हुन्छ । त्यसले बाह्य वा अतिबादी शक्तिहरूलाई नकारात्मक भूमिकाको निम्ति ठाउँ दिँदैन र परास्त पनि गर्न सक्छ ।

माओवादीका अध्यक्ष प्रचण्डले पनि शनिवार पार्टी बैठकमा बोल्दै बंगलादेशकी प्रधानमन्त्री हसिना र आफूलाई एकै ढंगले हटाइएको बताउनुभएको थियो ।