१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

समकक्षता प्रमाणपत्र लिन अल्झाउनु नहुनेमा सांसदहरुको ध्यानाकर्षण

समकक्षता प्रमाणपत्र लिन अल्झाउनु नहुनेमा सांसदहरुको ध्यानाकर्षण
अ अ+ अ-

काठमाडौँ । सांसदहरुले विद्यार्थीहरुलाई समकक्षता प्रमाणपत्र लिन अल्झाउने गरिएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधवार प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसदहरुले विदेशी विश्वविद्यालयमा पढेर आएका विद्यार्थीहरुलाई समकक्षता दिन अल्झाउने गरिएको बताउनुभएका हुन् । सांसदहरुले विद्यार्थीहरुलाई व्यक्तिगत इगोको आधारमा विद्यार्थीहरुलाई समकक्षताको प्रमाणपत्रबाट बञ्चित गरिएको बताए ।

बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले व्यक्तिगत इगोको कारण नेपालमा समकक्षताको प्रमाणपत्र नदिने गरिएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो । समकक्षता दिन पनि व्यक्तिअनुसार विभेदको व्यवहार गरिएको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘विदेशका विश्वविद्यालयबाट दिक्षितहरुलाई समकक्षता नदिने । नदिने कसरी भन्दाखेरी व्यक्तिगत इगोको आधारमा । आफूले भन्दा राम्रो नम्बर ल्यायो भनेर । गतिलो विषय पढ्यो भनेर । यो ठुलो समस्या छ । यतातिर ध्यान दिनुहोला । व्यक्ति विशेषका कारणले कुनै विश्वविद्यालयको समकक्षता नदिने, कुनैको दिने यावत कुराहरु भएका छन् । यसमा गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । समकक्षता धेरै ठूलो समस्या छ है । पढेर आएका छन् तर यहाँ समकक्षता दिइँदैन । कि त बाहिर पढेर नओओ भन्नुपर्यो । होइन भने यहाँ अड्काउने काम भएको छ ।’

बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले समकक्षता दिनलाई अल्झाउनु नहुने बताउनु भयो । उहाँले विद्यार्थीहरुले विदेशमा पढेर ल्याएको डिग्री नेपालकै सम्पती भएको भन्दै समकक्षतामा देखिएको समस्यालाई सल्ट्याउनुपर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो – ‘समकक्षतामा अल्झाउने काम नगरियोस् । नेपालकै नागरिक, नेपालकै विद्यार्थीले कुनै ठाउँमा गएर डिग्री लिएर आउँछ भने त्यो त राज्यकै सम्पती हो नि । त्यसलाई धेरै अल्झाउने काम नगरौँ । समस्या धेरै छ । यसलाई सल्टाउनुपर्छ ।’

त्यसैगरी नेकपा(एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले समकक्षताको प्रमाणपत्र त्रिभुवन विश्वविद्यालयले नै दिनुपर्ने धारणा राख्नुभयो । उहाँले नक्कली डिग्री र सर्टिफिकेटहरु पनि आउने गरेको भन्दै समकक्षता दिने विषयलाई गम्भीरतापूर्वक लिनुपर्नेमा ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो – ‘समकक्षता त्रिभुवन विश्वविद्यालयकै माध्यमबाट अगाडी बढाउनु बढी उपयुक्त हुन्छ कि भन्ने लाग्छ । समकक्षताको पाटोलाई हल्का ढंगले लिनु हुँदैन । दु:ख दिनु हुँदैन एउटा कुरा हो । तर अहिले विभिन्न खालका डिग्रीहरु, सर्टिफिकेटहरु सजिलै प्राप्त हुन्छ । भारतका विभिन्न विश्वविद्यालयका नामबाट सर्टिफिकेट प्राप्त हुन्छ । विद्यावारिधि गर्ने विद्यार्थीहरु विभिन्न सेवामा हुनुहुन्छ । सेवाबाट बिदा लिएको पनि थाहा छैन । रिसर्च कहाँ गर्नुभयो पनि थाहा छैन । हिँड्दा हिँड्दै मान्छे डाक्टर भइसकेको छ । हल्का विषय होइन ।’

जनता समाजवादी पार्टीकी सांसद रञ्जुकुमारी झाले विदेशको जुनसुकै विश्वविद्यालयबाट ल्याएको डिग्रीमा त्रिभुवन विश्वविद्यालयले समकक्षता दिनु नहुने धारणा राख्नुभयो । उहाँले सम्बन्धित विश्वविद्यालयको बारेमा पनि जानकारी लिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘देशको शिक्षा क्षेत्र फितलो भयो । यसलाई स्वीकार्नै पर्छ । समकक्षताको विषय गम्भीर विषय हो । यसमा कुन, कहाँको विश्वविद्यालय कस्तो छ ? के छ ? जस्तोसुकै विश्वविद्यालयको डिग्री ल्यायो अनि त्रिभुवन विश्वविद्यालयसँग समकक्षता गर्न मिल्छ ? त्यो पनि सोच्नुपर्छ । पिएचडी गर्ने मान्छे कस्ता–कस्ता छन् त्यो पनि हामीले देखेका छौँ । कहाँबाट ल्याउँछ ? यि कुराहरुलाई गम्भीरतापूर्वक लिनुपर्यो ।’

उहाँले देशको शिक्षा क्षेत्र फितलो भएको भन्दै यसप्रति सबैले ध्यान पुर्याउनुपर्ने बताउनु भयो ।