• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo
Latest
★   भक्तपुरस्थित महेन्द्र शान्ति माविको भवन उद्घाटन ★   तथ्यहीन प्रचारबाजी नगर्न युट्युबरलाई काउन्सिलको दिर्नेशन ★   चितवन राष्ट्रिय निकुञ्जमा आठ छावा थपिँदै ★   मेटमणिलाई कारबाही गर्न झलनाथको माग,भारतीय नागरिक बोलिरहेको कि नेपाली ? ★   राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय परिषदको राष्ट्रिय भेला आज सुरु हुँदै ★   प्रधानमन्त्री ओली आउने भएपछि इन्द्रजात्रा छल्न बालेन भारतमा ! ★   मनकामना केबलकार आजदेखि ‘डिजिटल’  प्रविधिमा ★   मालढुङ्गा–बेनी खण्ड मर्मत सुरु ★   आज इन्द्रजात्रा, कसरी मनाइन्छ यो पर्व ? ★   मौलिक पर्वले प्राचीन सभ्यता र संस्कृतिको जगेर्ना गर्छ : राष्ट्रपति पौडेल

पाटन उच्च अदालत बारको निर्वाचनका लागि मनोनयन दर्ता प्रक्रिया शुरु



काठमाडौँ । पाटन उच्च अदालत बारको निर्वाचनका लागि मनोनयन दर्ता प्रक्रिया शुरु भएको छ ।

सोमवार उच्च अदालत परिसरमा निर्वाचनका लागि मनोनयन दर्ता शुरु भएको हो । तर स्वतन्त्र कानून व्यवसायी मञ्चले भने बिरोध जनाएको छ । उनीहरुले समावेशी लागू नगरेको भन्दै आपत्ति जनाएका छन् । मनोनयन दर्ताका लागि शुल्क बढी भएको उनीहरुको आरोप छ । अदालत परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै स्वतन्त्र कानून, व्यवसायी मञ्चकी कोषाध्यक्ष दियारानी थापाले प्यानल उठाएर आफ्नो आफ्नो ल्याउने र अरुलाई प्रतिष्पर्धा गर्न रोक्ने काम भएको भन्दै आपत्ति जनाउनु भयो । बारको निर्वाचन युवाहरुका लागि उपयुक्त वातावरण नरहेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘उच्च अदालतको बारको चुनाव आउँदैछ । आज मनोनयन दर्ता गर्नुपर्ने । हाम्रो एजेण्डा समावेशी लागू गर्नु भएन । संविधानमा समावेशीको स्पष्ट व्यवस्था गरेको छ । तर बार इकाईहरुले आफ्नो आफ्नो प्यानल उठाएर आफ्नो आफ्नो ल्याउने, अरुलाई प्रतिष्पर्धा गर्न रोक्ने । मलाई चुनावमा उठ्न मन लागेको छ, तर ३० हजार मनोनयन दर्ता फि राख्नुभएको छ । ३० हजार जम्मा गर्न हामीलाई कति लाग्छ । यो धेरै भयो, युवाहरुका लागि काम छैन । चर्को शुल्कले उम्मेद्वारी दिन सकिन ।’

यता, अधिवक्ता रामचन्द्र शिम्खडा भने स्वतन्त्र कानून व्यवसायी मञ्च पार्टीको झण्डा बोकेर बारको निर्वाचनमा आएको आरोप लगाउनु भयो । उहाँले कानून व्यवसायीहरु पार्टीको भण्डा बोकेर आउनु नहुने बताउनु भयो । उहाँले समावेशिताको चर्को नारा दिएर मात्रै नहुने भन्दै आफूहरुले कानून बमोजिम निर्वाचन गराइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यहाँ स्वतन्त्र भनेपनि उहाँहरु कुनै कुनै पार्टीमा रहेर आउनुभएको छ । एउटा पार्टीको झण्डा बोकेर आउनुभएको छ । तर कानून व्यवसायीमा त्यसरी आउनु हुँदैन । यहाँ आइसकेपछि कानून, व्यवसायी भनेको कानून, हक हितको रक्षक हुनुपर्छ । अहिले उहाँहरुको माग जुन छ, समावेशिताको चर्को नारा दिएर हुँदैन, संविधान बमोजिम हुनुपर्छ । यो २० हजार कानून, व्यवसायीहरुले बनाउने बारको नियम । हामीले विधान भन्दा बाहिर गएर निर्वाचन गराउन मिल्दैन ।’

मनोनयन दर्ताका लागि २०७५ सालमा तोकिएको रकम भन्दा बढी रकम नलिएको दाबी गर्नुभयो ।