• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo
Latest
★   भक्तपुरस्थित महेन्द्र शान्ति माविको भवन उद्घाटन ★   तथ्यहीन प्रचारबाजी नगर्न युट्युबरलाई काउन्सिलको दिर्नेशन ★   चितवन राष्ट्रिय निकुञ्जमा आठ छावा थपिँदै ★   मेटमणिलाई कारबाही गर्न झलनाथको माग,भारतीय नागरिक बोलिरहेको कि नेपाली ? ★   राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय परिषदको राष्ट्रिय भेला आज सुरु हुँदै ★   प्रधानमन्त्री ओली आउने भएपछि इन्द्रजात्रा छल्न बालेन भारतमा ! ★   मनकामना केबलकार आजदेखि ‘डिजिटल’  प्रविधिमा ★   मालढुङ्गा–बेनी खण्ड मर्मत सुरु ★   आज इन्द्रजात्रा, कसरी मनाइन्छ यो पर्व ? ★   मौलिक पर्वले प्राचीन सभ्यता र संस्कृतिको जगेर्ना गर्छ : राष्ट्रपति पौडेल

गीतकार पौडेलको ‘यसपालिको तीज रमाइलो’ गीत सार्वजनिक



काठमाडौँ : हरितालिका तीज पर्वको अवसर पारेर विभिन्न स्रष्टाहरूको सृजना सार्वजनिक हुन थालेका छन् । यसैबीच गीतकार निर्मलराज पौडेलको शब्द र चर्चित गायिका शान्तीश्री परियार र सङ्गीतकार मोहित मुनालको सृजनामा ‘यसपालिको तीज रमाइलो’ नामक गीत बजारमा आएको छ ।

चेलीबेटी ज्यान माया माइतमै हाँसेर, तीज आयो ज्यान माया छमछमी नाचेर भन्ने मौलिक गीत परिवारका सबैजना एकै स्थानमा बसेर सुन्न र रमाउन सकिने गीतकार पौडेलले जानकारी दिनुभयो ।

कतिपय तीज गीत विवादमा तानिँदै आएका बेला यस्ता मौलिक गीतले पर्वको महत्व झल्काउने उहाँले बताउनुभयो । तीज गीत आफ्नो मूल प्रवृत्तिबाट विमुख हुँदै गएको बेला मौलिक सृजनाका लागि आफूले अग्रसरता लिएको उहाँले जानकारी दिनुभयो ।

तीज गीतको परम्परा र मौलिकतालाई कायम राख्दै गरिएको सृजना श्रोता तथा दर्शकलाई मनपर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । पछिल्लो समय बजारमा सार्वजनिक भएका केही गीत तीजको महत्व र मर्मविपरीत भएको भन्दै आलोचना भइरहेको छ ।रासस