• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo
Latest
★   भक्तपुरस्थित महेन्द्र शान्ति माविको भवन उद्घाटन ★   तथ्यहीन प्रचारबाजी नगर्न युट्युबरलाई काउन्सिलको दिर्नेशन ★   चितवन राष्ट्रिय निकुञ्जमा आठ छावा थपिँदै ★   मेटमणिलाई कारबाही गर्न झलनाथको माग,भारतीय नागरिक बोलिरहेको कि नेपाली ? ★   राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय परिषदको राष्ट्रिय भेला आज सुरु हुँदै ★   प्रधानमन्त्री ओली आउने भएपछि इन्द्रजात्रा छल्न बालेन भारतमा ! ★   मनकामना केबलकार आजदेखि ‘डिजिटल’  प्रविधिमा ★   मालढुङ्गा–बेनी खण्ड मर्मत सुरु ★   आज इन्द्रजात्रा, कसरी मनाइन्छ यो पर्व ? ★   मौलिक पर्वले प्राचीन सभ्यता र संस्कृतिको जगेर्ना गर्छ : राष्ट्रपति पौडेल

रास्वपाले स्थानीय छाँया सरकार गठनको अभ्यास गर्ने, महाधिवेशन २०८२ वैशाख तेश्रो सातामा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको भावी रणनीति तथा कार्यदिशा तय गर्नका लागि आयोजना गरिएको बन्द कार्यशाला आज सम्पन्न भएको छ ।

कार्यशालामा पार्टीको विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य(मान्यता र लिडरसीप एकेडेमीरक्यान्डिडेट क्लब गरी ६ विधामा छलफल गरिएको थियो ।

कार्यशालाले आगामी दिनमा पार्टीले चाल्नु पर्ने कदमहरु सुझाबका रुपमा केन्द्रीय समितिलाई दिएको छ ।

रास्वपाको दुई दिने बन्द कार्यशाला शुक्रबार र सनिबार केन्द्रीय कार्यालय (च:मति, वनस्थली) भएको थियो । पार्टीको रणनीति तयारीमा केन्द्रित कार्यशालामा केन्द्रीय पदाधिकारी, सदस्य र केन्द्रीय विभागका गरी ५० जना सहभागी रहेका थिए । कार्यशालामा विचार, संगठन, मूल्य(मान्यता, संसदीय मामिला, लिडरसिप एकेडेमी र क्यान्डिडेट क्लब तथा पार्टी अभियानबारे छलफल भएको जनाईएको छ ।

कार्यशालाले १५ बुदे सुझाब दिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।

१. राष्ट्रिय भेला मिति २०८१ असोज ३ र ४ गते आयोजना गर्ने ।

२. राष्ट्रिय महाधिवेशन मिति २०८२ वैशाख तेश्रो सातामा गर्ने ।

३. विधान संशोधन सुझाव कार्यदलको प्रतिवेदन भदौ मसान्तभित्र तयार गरी केन्द्रीय समिति मार्फत् राष्ट्रिय भेलामा पेश गर्ने ।

४. जिल्ला संयोजक तथा उपसंयोजक र निर्वाचन क्षेत्र समितिको संलग्नतामा जिल्ला भेला मार्फत् जिल्ला तदर्थ समिति गठन गर्ने ।

५. पार्टीको अर्थ राजनीतिक (जलेश्वर) प्रस्तावनाको व्याख्या गरी पार्टीको वाचापत्र लगायत अन्य दस्तावेजका आधारमा केन्द्र, प्रदेश र जिल्लामा प्रशिक्षण गर्ने ।

६. शासकीय स्वरुपका विषयमा पार्टीभित्र व्यापक छलफल गरी संविधान संशोधन समेतको कुरालाई मध्यनजर राखी पार्टीको अवधारणा तयार गर्ने ।

७. “जन आवाज अभियान” समिति गठन गरी देश भरिको जनगुनासा तथा मुद्दाहरु संकलन गर्ने र सदनमा उठाउने, कार्यान्वयन भए नभएको अनुगमन गर्ने ।

८. विधेयक मन्थन विभागलाई संसदमा दर्ता भएका विधेयकहरुबारे आवश्यकता अनुसार प्रवासमा समेत छलफल चलाई सुझाव संकलन गर्ने ।

९. क्यान्डिडेट क्लब र लिडरसीप एकेडेमीको विधान अनुसार नियमावली र कार्यविधि भदौ मसान्तसम्म तयार गर्ने ।

१०. पार्टीलाई प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय सभा, गोष्ठी आदि कार्यक्रमहरूमा जाने व्यक्तिको छनोटका लागि मापदण्ड तयार पार्ने।

११. पार्टीको आचारसंहिता र मुल्य मान्यतामा आधारित दस्तावेजहरु पुनरावलोकन गरी सदस्यहरुबाट प्राप्त सुझावहरु समेत समेटी प्रशिक्षणको सामग्रीमा समावेश गर्ने ।

१२. पार्टीको केन्द्रीय अर्थ व्यवस्थापन समिति विस्तार गरी देश विदेशमा रहेका सबैलाई जोड्न “पार्टी पिल्लर्स”को अवधारणा लागु गर्ने ।

१३. “देशका गाउँदेखि विदेशका सहरसम्म” का नेपालीसँग भेटघाट अभियानको सुरुवात गर्ने ।

१४. चरणबद्ध रुपमा स्थानीय छाँया सरकार गठनको अभ्यास थालनी गर्ने ।

१५. आगामी साता सातै प्रदेशमा यसै प्रकृतिको बन्द कार्याशाला आयोजना गर्ने र केन्द्रीय बन्द कार्यशालामा सहभागी हुनुभएका नेताहरु सहजीकरणका लागि सहभागी हुने ।