• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo
Latest
★   चितवन राष्ट्रिय निकुञ्जमा आठ छावा थपिँदै ★   मेटमणिलाई कारबाही गर्न झलनाथको माग,भारतीय नागरिक बोलिरहेको कि नेपाली ? ★   राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय परिषदको राष्ट्रिय भेला आज सुरु हुँदै ★   प्रधानमन्त्री ओली आउने भएपछि इन्द्रजात्रा छल्न बालेन भारतमा ! ★   मनकामना केबलकार आजदेखि ‘डिजिटल’  प्रविधिमा ★   मालढुङ्गा–बेनी खण्ड मर्मत सुरु ★   आज इन्द्रजात्रा, कसरी मनाइन्छ यो पर्व ? ★   मौलिक पर्वले प्राचीन सभ्यता र संस्कृतिको जगेर्ना गर्छ : राष्ट्रपति पौडेल ★   पर्वले मेलमिलाप, भ्रातृत्व र सद्भाव बढाउन सहयोग पुग्छ : उपराष्ट्रपति यादव ★   आज वास्तु दिवस एवं विश्वकर्मा पूजा

ओलम्पिकमा कठिन वातावरणको सामना गर्दै इजरायल



पेरिस ।इजरायलको ओलम्पिक टोलीले पेरिस खेलका क्रममा ‘कठिन’ वातावरणको सामना गरेको उनीहरूको प्रतिनिधिमण्डलका प्रमुखले बताएका छन् ।

इजरायलको इतिहासमा सबैभन्दा ठूलो ९८८ सदस्यीय० टोलीले बिहीबार जुडोका पिटर पाल्चिक र इनबार लानिरमार्फत पहिलो पदक जितेको छ ।

बाँकी १० दिनमा थप दुई वा तीन पदक जित्ने आशा रहेको इजरायली ओलम्पिक कमिटीका अध्यक्ष येल अरादले बताउनुभयो ।

अनलाइनमार्फत् आउने मृत्युको चेतावनी, उत्पीडन, सामाजिक सञ्जालमार्फत चुहावट भएका व्यक्तिगत सूचना वा मानहानी साथै फुटबल खेलको क्रममा देखिएको इजरायलविरोधी जनमतले खेलमा ध्यान केन्द्रित गर्न गाह्रो भइरहेको इजरायली खेलाडीहरूले बताएका छन् ।

अरादले भन्नुभयो, “हामीले हाम्रा खेलाडीलाई विशेष ढङ्गले तयार गरेका छौँ । हामीले उनीहरूलाई दिएको मुख्य सन्देश यो हो कि हामी यहाँ प्रतिस्पर्धा गर्न र इजरायली भावना देखाउन आएका छौँ ।”

इजरायली सरकारले अनलाइन उत्पीडन र ‘फिसिङ’ आक्रमणको परिष्कृत अभियानका लागि इरान समर्थित समूहलाई आरोप लगाएको छ ।

“यो साँच्चै कठिन अवस्था हो । सबैलाई थाहा छ हामी अक्टोबर ७ देखि नै शोकमा परेको राष्ट्र हौँ,” इजरायलमा हमासले गरेको आक्रमणमा एक हजार १७० जनाको ज्यान गएको उल्लेख गर्दै अरादले भन्नुभयो ।

गत सप्ताहन्तमा गोलान हाइट्समा हेजबुल्लाहको रकेट आक्रमणले फुटबल खेलिरहेका १२ बालबालिकाको ज्यान लिएको घटनाले पनि टोलीलाई असर गरेको अरादले बताउनुभयो ।

“हाम्रा खेलाडीहरूले दु:ख र समस्याको सामना गर्नेछन् र आशा र प्रेरणा घर लिएर जानेछन् भन्नेमा म विश्वस्त छु,” उहाँले भन्नुभयो ।

गाजामा जारी इजरायलली आक्रमणले पेरिस ओलम्पिकमा विवाद निम्त्याएको हो ।

ओलम्पिक सुरु हुनुअघि नै प्यालेस्टिनी ओलम्पिक कमिटीले ओलम्पिकको धारणा उल्लङ्घन गरेको र ४०० प्यालेस्टिनी खेलाडी र खेलकूद व्यक्तित्वहरूको हत्या गरेकोमा इजरायललाई बहिष्कार गर्न माग गरेको थियो ।

इजरायली टोली वरपरको सुरक्षा असाधारण रूपमा कडा गरिएको छ । प्यालेस्टिनी उग्रवादी समूह ‘ब्ल्याक सेप्टेम्बर’ले एथलिट गाउँमा इजरायली प्रतिस्पर्धीलाई आक्रमण गरी हत्या गरेपछि सन् १९७२ को खेलदेखि नै इजरायली टोलीहरूलाई कडा सुरक्षामा राखिने गरिएको इजरायलको इतिहासमा पहिलो ओलम्पिक पदक बिजेता पूर्व जुडोका अरादले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीलाई पेरिसको सुरक्षामा विश्वास छ । अनि मेरो भूमिका यी खेलाडीहरूलाई खेलकूदमा मात्र ध्यान केन्द्रित गर्ने अवसर दिनु हो ।”