• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo
Latest
★   चितवन राष्ट्रिय निकुञ्जमा आठ छावा थपिँदै ★   मेटमणिलाई कारबाही गर्न झलनाथको माग,भारतीय नागरिक बोलिरहेको कि नेपाली ? ★   राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय परिषदको राष्ट्रिय भेला आज सुरु हुँदै ★   प्रधानमन्त्री ओली आउने भएपछि इन्द्रजात्रा छल्न बालेन भारतमा ! ★   मनकामना केबलकार आजदेखि ‘डिजिटल’  प्रविधिमा ★   मालढुङ्गा–बेनी खण्ड मर्मत सुरु ★   आज इन्द्रजात्रा, कसरी मनाइन्छ यो पर्व ? ★   मौलिक पर्वले प्राचीन सभ्यता र संस्कृतिको जगेर्ना गर्छ : राष्ट्रपति पौडेल ★   पर्वले मेलमिलाप, भ्रातृत्व र सद्भाव बढाउन सहयोग पुग्छ : उपराष्ट्रपति यादव ★   आज वास्तु दिवस एवं विश्वकर्मा पूजा

जावलाखेल पुर्‍याइयो रातो मच्छिन्द्रनाथको रथ



ललितपुर: वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलको ठटी टोलबाट तानेर आज जावलाखेल पु¥याइएको छ । वैशाख शुक्ल प्रतिपदादेखि रथारोहण सुरु भएर शुभ साइतअनुसार लगनखेलको ठटी टोलमा रोकिएको रथलाई आज जावलाखेल पु¥याइएको हो ।

शुभ साइतअनुसार साउन १७ गते लगनखेलको ठटी टोलबाट जावलाखेल तानिने भएकाले आज विहिबार रथलाई जावलाखोल पु¥याइएको रातो मच्छिन्द्रनाथका पूजारी शाहु शाक्यले जानकारी दिनुभयो । उहाँको अनुसार रातो मच्छिन्द्रनाथको रथलाई जावलाखेल पु¥याएको चार दिनमा भोटो देखाइन्छ ।

जावलाखेलको ललितमण्डपमा रातो मच्छिन्द्रनाथको रथ पु¥याएको चार दिनमा हरेक वर्ष राष्ट्रप्रमुखको हातबाट भोटो देखाउने प्रचलन भएकाले साउन २० गते आइतबार राष्ट्र प्रमुखबाट भोटो देखाइनेछ । जावलाखेलको ललितमण्डपमा रहेको रातो मच्छिन्द्रनाथको हरेक दिन भक्तजनहरूले पूजाआजा गर्नेछन् ।

हरेक वर्षको वैशाख शुक्ल प्रतिपदादेखि सुरु हुने रातो मच्छिन्द्रनाथको रथजात्रा काठमाडौँ उपत्यकाको पुरानो र सबैभन्दा लामो जात्राका रूपमा चिनिन्छ । जावलाखेल पु¥याएको चार दिनपछि राष्ट्रप्रमुखलाई भोटो देखाएपछि यो वर्षको जात्रा समापन हुन्छ ।