• ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
  •   Unicode
Logo
Latest
★   पृथ्वीले पायो १० मिटरको फुच्चे चन्द्रमा, २ महिना पृथ्वीको परिक्रमा गरेपछि सूर्यतर्फ फर्किने ★   सुनको मूल्यमा नयाँ कीर्तिमान ★   राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक जारी ★   नारायणगढ मुग्लिन सडक दुईतर्फी सञ्चालन ★   केराखेतीबाट वार्षिक १४ लाख आम्दानी ★   राजनीतिका कारण फिल्मी दुनियाँ छाड्दै विजय ★   दलहरुले चुपचुप संविधान संशोधन गर्ने होइन, समाजका सबै पक्षसँग छलफल चलाएर मात्रै गर्नुपर्छ: माधव नेपाल ★   प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद्को बैठक बस्दै ★   कर्मचारी सञ्चय कोषद्वारा प्रभातफेरि ★   संसद् बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधनको तयारी

पाकिस्तानी खेलाडीले ग्लोबल टी–२० लिग खेल्न नपाउने



एजेन्सी । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले बाबर आजम, मोहम्मद रिजवान र शाहीन शाह अफ्रिदीलाई ग्लोबल टी–२० क्यानडा लिगमा सहभागी हुन नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) दिन अस्वीकार गरेको छ ।

ग्लोबल टी–२० क्यानडा लिग जुलाई २५ देखि अगस्ट ११ सम्म आयोजना हुँदैछ । लिगको तालिका पाकिस्तानको कुनै शृङ्खला वा खेलसँग बाझिएको छैन ।

तर पनि खेलाडीले एनओसी पाउने छैनन् । यसअघि नसिम शाहलाई पनि द हन्ड्रेडमा सहभागी हुन एनओसी दिइएको थिएन । अगस्ट २०२४ देखि मार्च २०२५ सम्मको पाकिस्तानको व्यस्त क्रिकेट क्यालेन्डरलाई ध्यानमा राख्दै बोर्डले यो निर्णय गरेको हो ।

प्रेस विज्ञप्ति जारी गर्दै पीसीबीले बोर्डले ग्लोबल टी–२० प्रतियोगिताका लागि बाबर आजम, मोहम्मद रिजवान र शाहीन अफ्रिदीलगायत अन्य खेलाडीहरूबाट एनओसी अनुरोध प्राप्त गरेको जनाएको छ ।

अगस्ट २०२४ र मार्च २०२५ को बीचमा पाकिस्तानको व्यस्त क्रिकेट क्यालेन्डरलाई ध्यानमा राख्दै र तीनै खेलाडी र राष्ट्रिय चयन समितिसँगको परामर्शपछि बोर्डले उनीहरूको अनुरोध अस्वीकार गर्ने निर्णय गरेको हो ।

तीनैजना सबै ढाँचाका क्रिकेटर हुन् र उनीहरूको सेवा आगामी आठ महिनामा आवश्यक हुने अपेक्षा गरिएको छ, जसमा पाकिस्तानले ९ टेस्ट, १४ एकदिवसीय र नौ टी–२० खेल खेल्नेछ ।