• ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
  •   Unicode
Logo

डिभोर्सपछि हार्दिकले भने – नताशासँग बस्न धेरै धैर्यता चाहिन्छ



एजेन्सी । भारतीय क्रिकेटर हार्दिक पाण्ड्या र अभिनेत्री नताशा स्टान्कोभिक अलग भएका छन् । दुवैले जुलाई १८ को रात सामाजिक सञ्जालमा आफूहरु छुट्टिएको पुष्टि गरेका थिए ।

दुवैले २०२० मा विवाह गरे र त्यसको लगत्तै छोरा अगस्त्यको जन्म भयो । कोभिडको समयमा दुवैले हतारमा विवाह गरेका थिए तर २०२३ मा राजस्थानको उदयपुरमा उनीहरुले ठुलो धमाधम विवाह गरेका थिए ।

यस क्रममा हार्दिकले नताशासँगको सम्बन्धको बारेमा कुरा गरेका थिए जसको भिडियो भाइरल भइरहेको छ । हार्दिकले नताशासँग बस्न सजिलो नभएको संकेत गरेका थिए ।

उनले भनेका थिए, ‘अब मैले हरेक कुराको समाधान खोज्न थालेको छु किनभने उनले मलाई समाधान खोज्न सिकाइन् । यसका साथै नताशासँग बस्न धेरै धैर्यता चाहिने भएकाले मैले पहिलेभन्दा धेरै धैर्य गर्न सिकेको छु ।’

१८ जुलाईमा सम्बन्धविच्छेदको घोषणा गर्दै हार्दिकले सामाजिक सञ्जालमा लेखे –‘४ वर्ष सँगै बसेपछि नताशा र मैले अलग हुने निर्णय गरेका छौं । हामीले सँगै धेरै प्रयास गर्यौं र सबै दियौं । अब हामी दुवै छुट्टिएर बस्नु नै राम्रो हो भन्ने लाग्छ ।’

हार्दिक र नताशाको सम्बन्ध विच्छेदको खबर धेरै दिनदेखि आइरहेको थियो । टी–२० विश्वकपमा भारतको जित भए पनि नताशाले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा एउटा पनि पोस्ट गरिनन् । अहिले नताशा आफ्नो घर पुगेकी छिन् जहाँबाट उनले केही तस्विर पनि पोस्ट गरेकी छिन् ।