• ३० भाद्र २०८१, आईतवार
  •      Sun Sep 15 2024
  •   Unicode
Logo
Latest
★   आर्सनलले टोटेनहमलाई हरायो ★   पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो ★   बालेन बैंगलोरमा, इन्द्रजात्रामा उपस्थित नहुने ★   काठमाडौं महानगरका प्रशासकीय अधिकृत प्रदीपको सरुवा, सरोजप्रसादलाई जिम्मेवारी सरुवा (सूचीसहित) ★   संसद्को वर्षे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस ★   मन्त्रिपरिषद्को बैठक: मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने ★   उत्पादनमूलक क्षेत्रमा प्राथमिकता दिन घर जग्गा व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह ★   अर्थ मन्त्रालयद्वारा बहुवर्षीय स्रोत सहमतिको विवरण उपलब्ध गराउन ताकेता ★   सरकार बनाउने र भत्काउने खेलमा माओवादी लाग्दैनः अध्यक्ष प्रचण्ड ★   आप नेता केजरीवालले मुख्यमन्त्री पदबाट राजीनामा दिने

श्रीलंका भ्रमणका लागि भारतीय टोलीको घोषणाः टी–२० सिरिजको कप्तानी सूर्यकुमारले गर्ने



एजेन्सी । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले बिहीबार श्रीलंका भ्रमणका लागि टी–२० र एकदिवसीय टोलीको घोषणा गरेको छ ।

टी–२० को कमाण्ड सूर्यकुमार यादवलाई सुम्पिएको छ । अर्कोतर्फ रोहित शर्माले ओडीआई टिमको कमाण्ड सम्हाल्ने छन् । टोलीमा विराट कोहली पनि छन् ।

भारतले श्रीलंकामा ३ टी–२० म्याचको सिरिज खेल्नेछ । पहिलो खेल पल्लेकेलेमा जुलाई २७ मा साँझ सवा ७ बजे हुनेछ । एकदिवसीय सिरिज अगस्ट २ बाट कोलम्बोमा सुरु हुनेछ ।

भारतीय टोलीले पछिल्लो पटक २०२१ मा श्रीलंकाको भ्रमण गरेको थियो । टोलीले ३ ओडिआई र ३ टी–२० खेलको सिरिज खेलेको थियो । तीन खेलको एकदिवसीय सिरिज २–१ ले जितेको थियो भने टी–२० सिरिजमा भारत २–१ ले पराजित भएको थियो ।

श्रीलंका भ्रमणका लागि टी–२० टोलीः सूर्यकुमार यादव (कप्तान), शुभमन गिल (उपकप्तान), यशस्वी जैसवाल, रिंकु सिंह, रियान पराग, ऋषभ पन्त (विकेटकिपर), सञ्जु सामसन (विकेटकिपर), हार्दिक पाण्ड्या, शिवम दुबे, अक्षर पटेल, वाशिंगटन सुन्दर, रवि बिश्नोई, अर्शदीप सिंह, खलील अहमद, मोहम्मद सिराज ।

श्रीलंका भ्रमणका लागि एकदिवसीय टोलीः रोहित शर्मा (कप्तान), शुभमन गिल (उपकप्तान), विराट कोहली, केएल राहुल (विकेटकिपर), ऋषभ पन्त (विकेटकिपर), श्रेयस अय्यर, शिवम दुबे, कुलदीप यादव, मोहम्मद सिराज, वाशिंगटन सुन्दर, अर्शदीप सिंह, रियान पराग, अक्षर पटेल, खलील अहमद, हर्षित राना ।

गौतम गम्भीर केही दिनअघि भारतीय टोलीको मुख्य प्रशिक्षक बनेका थिए । भारतीय प्रशिक्षकका रूपमा गम्भीरको यो पहिलो असाइनमेन्ट हुनेछ । ४२ वर्षका गम्भीरले द वाल भनेर चिनिने राहुल द्रविडको ठाउँमा आएका छन् । टि–२० विश्वकपपछि द्रविडको कार्यकाल सकिएको थियो । गम्भीरको कार्यकाल जुलाई २०२७ सम्म रहनेछ।