२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar गृहमन्त्री गुरुङको अपिल : बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह News Polar बूढीगण्डकीको बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपिल News Polar बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद News Polar ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त News Polar स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस) द्वारा रणनीतिक साझेदारी विस्तार गर्ने प्रतिवद्धता News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना

९२ हजार विस्थापितका घर बन्नै बाँकी

९२ हजार विस्थापितका घर बन्नै बाँकी
अ अ+ अ-

काठमाडौं । आज वैशाख १२ गते, गोरखा भूकम्पको नवौँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाईंदैछ । २०७२ साल वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो ।

भूकम्प र त्यसपछिका परकम्पका कारण नौ हजार जना भन्दा धेरैले ज्यान गुमाएका थिए भने २२ हजार जना भन्दा धेरै घाइते भएका थिए ।

२०७२ सालको भूकम्पवाट लाखौँ मानिस घरवारबिहीन भएका थिए । धेरै सार्वजनिक भवन तथा सम्पदाहरुमा पनि क्षति पुग्यो । नौ वर्षअघि ठूलो भूकम्प जाँदा भूकम्पीय जोखिम र भूकम्पवाट हुने क्षति न्यूनिकरणका बारेमा धेरै बहस र चर्चा भए । संरचना निर्माणका लागि मापदण्डहरु बने र कतिपय लागू पनि भए । तर बिस्तारै भूकम्पको जोखिमलाई बिर्संदै गएको पाइन्छ ।

९ वर्षअघिको भूकम्पमा भत्किएका संरचनाको अझै पुनर्निर्माण सकिएको छैन । पुनर्निर्माणका लागि भन्दै पौने चार खर्ब सकिएको छ । तर, अझै ९२ हजार विस्थापित परिवारका घर पुनर्निर्माण हुन बाँकी छन् ।

भूकम्पपछिको पुनर्निर्माणको जिम्मा पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काम गर्न बाँकी रहेका निजी आवास, सरकारी भवन तथा अस्पताल पुनर्निर्माणको जिम्मा सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले गर्दै आएको छ ।

प्राधिकरण विघटन हुनु अघिल्लो दिनसम्म पुनर्निर्माणमा सरकारले तीन खर्ब ७१ अर्ब रुपैयाँ खर्च गरेको थियो । त्यसपछि विभागले मात्रै पुनर्निर्माणमा पाँच अर्ब ४८ करोड ६५ लाख रुपैयाँ खर्च गरेको छ । यसरी भूकम्पपछि निजी आवास, सरकारी भवन र अस्पताल निर्माणमा कुल तीन खर्ब ७६ अर्ब ४८ करोड ६५ लाख रुपैयाँ खर्च भएको छ ।

भूकम्पबाट विस्थापित आठ लाख ३३ हजार ८२१ घर–परिवारमध्ये आठ लाख ३२ हजार पाँच सय ८२ लाभग्राहीसँग आवास निर्माणका लागि अनुदान सम्झौता भएको थियो । त्यसमध्ये सात लाख ४१ हजार सात सय ९८ लाभग्राहीले मात्रै सम्झौताअनुसार निजी आवास निर्माण गर्न सके । ९२ हजार २३ लाभग्राहीले भूकम्पमा ध्वस्त भवन निर्माण गर्न सकेका छैनन् । अर्थात्, भूकम्पबाट विस्थापितमध्ये ८८.९६ प्रतिशत लाभग्राहीको मात्रै निजी आवास बनेका छन् ।