• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   प्रमुख जिल्ला अधिकारीको सरुवालाई व्यवस्थित बनाउँदै गृह सचिव ★   दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी, तीन घण्टापछि नियन्त्रणमा ★   हेलिकोप्टर दुर्घटनामा बेपत्ता इरानी राष्ट्रपति अझै भेटिएनन्, रुसले पठायो उद्धार टोली ★   प्रधानमन्त्रीको विश्वासको मत अनिश्चित ★   कोलकाता र राजस्थानबीचको खेल वर्षाका कारण रद्द, राजस्थान र आरसीबी एलिमिनेटरमा भिड्ने ★   म्यान्चेस्टर सिटीलाई लगातार चौंथो पटक प्रिमियर लिगको उपाधि ★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा

समाजमा नकारात्मक असर पार्ने दृश्यहरु प्रत्यक्ष प्रशारण नगरौं: नेपाल प्रहरी



काठमाडौँ । नेपाल प्रहरीले समाजमा नकारात्मक असर पार्ने सामग्रीहरुको प्रकाशन तथा प्रशारण नगर्न आम सञ्चार माध्यामहरुलाई आग्रह गरेको छ ।

नेपाल प्रहरीको अपराध अनुसन्धान विभागले आईतवार काठमाडौंमा अपराधिक घटनाको समाचार संप्रेषण सम्बन्धमा अन्तरक्रिया कार्यक्रम आयोजना गरी समाजमा नकारात्मक असर पार्ने विभत्स दृश्यहरु भ्युज बढाउने नाममा सामाजिक सञ्जालमा प्रत्यक्ष प्रशारण नगर्न पनि सचेत गराएको छ ।

कार्यक्रममा बोल्दै विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले न्युनतम मानवीय संवेदनशीलतालाई ख्याल राखेर विभत्स दृश्य लगायतका समाजमा नकारात्मक असर पार्ने कुराहरु जथाभावी प्रकाशन तथा प्रशारण नगर्न सचेत गराउनु भयो । उहाँले पक्राउ पर्ने बित्तिकै अपराधी भनेर करार गर्ने काम नगर्न पनि सञ्चार माध्यामहरुको ध्यानाकर्षण गराउनु भयो । प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले समाजमा नकारात्मक भावनाको विकास गराउने सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई कडा निगरानीमा राखी कारबाही गर्ने कामलाई नेपाल प्रहरीले उच्च प्राथमिकतामा राखेको बताउनु भयो ।

उहाँले भन्नुभयो, हाम्रो प्रहरीको त कति कमजोरी छन् । तर मिडियामा पनि जानेर वा नजानेर टयाक्क पक्राउ पर्ने बित्तिकै अपराधी भन्ने शब्द प्रयोग हुन्थ्यो । यस्तो स्थापित मिडियाबाट होइन । तर एफएमहरुमा जुन चाहीँ हामीले संदिग्ध अथवा अभियुक्त यस्तै भनेर प्रयोग गर्छौं । पहिलापहिला जस्तो हामीले पनि गर्‍यौं कि प्रेस मिट गर्दाखेरी दायाबायाँ हतियारधारी पूरा राखेर अभियुक्तलाई सार्वजनिक गरिन्थ्यो । त्यो यसो हेर्दाखेरी त्यति राम्रो देखिदो रहेनछ । अनि, त्यसलाई हामीले करेक्शन गरेका छौं । हामीले म यहीँ आएपछि पनि ३/४ जनालाई हामीले कारबाही गर्‍यौं । त्यो हामीले दुई, ३ पटक परिपत्र गर्‍र्यौ । र, पनि कहीँ त्यस्तो देखियो भने अहिले त्यो कमी भएको छ । यस्तै कुराहरु कतिपय भाषागत कुराहरु, अब कतिपय चाहीँ रेपका कुराहरु, जो अहिले कमी भएको छ ।

घटनाका कमी होइन, त्यसलाई उच्च प्राथमिकता नदिँदा नै राम्रो हुँदो रहेछ भन्ने देखिन्छ । र त्यस्तै सुसाईटको कुरा पनि । यसले समाजमा त्यो चाहीँ एक किसिमको यसको साईकोलोजिकल प्रभाव पनि हुँदो हो । त्यसैले यसलाई पनि एउटा सामान्य कर्नरमा राखिदियो भने राम्रो होला जस्तो लाग्छ । जुन मिडियाबाट त्यो भईपनि राखेको छ । त्यस्तै गरेर विभत्स दृश्य । अब कुनै ठाउँमा दुर्घटना हुन पाएको हुँदैन, त्यहाँ चाँही मेरो लाईक र लाईभ्समा कति भ्युज आउँछ भनेर चाँही घुमाईराखेका हुन्छौ । त्यहाँ उद्धार हुनतिर लागेका हुँदैनौं । न्युनतम मानवीय संवेदनाका कुराहरु पनि हामी कहाँ छौ भन्ने देखिन्छ त्यसैले । यो कुरा दुर्घटनाको कुरा चाहीँ जस्ताको तस्तै आउने कुराहरु, लाईभ गर्ने कुराहरु चाहीँ नआईदिए हुन्थ्यो भन्ने हामी ल इन्फोर्समेन्ट एजेन्सीको अपेक्षा हुँदो रहेछ । यो कुरा चाहीँ सर्वसाधरणमा पनि जाओस् भनेर भनिएको हो । किनकी यस्ता कुराहरु विभत्स दृश्यहरुले गर्दाखेरी मान्छेमा, समाजमा एकदम नकारात्मक असर पर्छ । यस्ता कुराहरु आम सञ्चारबाट गईदियो भने सुसुचित हुन्छन् भन्ने हाम्रो अपेक्षा हो ।

प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले समाजमा नकारात्मक असर पुर्‍याउने खालका समाचार प्रशारण गर्न उपयुक्त नहुने तर्क समेत गर्नुभयो ।