६ पुष २०८२, आईतवार
,
Latest
लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिमको विद्रोहबाट गठबन्धनमा गडबड !



अ+ अ-

काठमाडौं । गठबन्धन दल नेकपा एकीकृत समाजवादीको विद्रोहले सत्ता गठबन्धन कमजोर बनेको छ । गठबन्धभित्र कुनै निर्णय गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको मात्र भूमिका हुने गरेको भन्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रुष्ट बन्दै आएका थिए । त्यसको परिणाम स्वरुप हिजो सुदूरपश्चिम प्रदेशमा एमाले र माओवादीभन्दा नेकपा एस फरक कित्तामा उभिएको छ । यसले गठबन्धन मै संसय पैदा गरिदिएको छ ।

नेकपा एसले सुदूरपश्चिम प्रदेशको नेतृत्व चाहेको छ । तर प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई मुख्यमन्त्री बनाउने सहमति भएको थियो । कैलाल नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ निकट हुन् । तर यो कुरा माधवकुमार नेपाललाई मन परेर । उनले सहमति मान्य नहुने चेतावनी दिएर बालुवाटारबाट बाहिरिएको छ ।

लगत्तै अध्यक्ष नेपालको दल नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसको समर्थनमा मुख्यमन्त्रीको दाबी पेश गर्ने तयारीमा रहेका नागरिक उन्मुक्ति पार्टीकै लक्ष्मणकिशोर चौधरीलाई सहयोग गर्ने निर्णय गर्‍यो । नेकपा एसका प्रदेशसभा सदस्यको हस्ताक्षर बुझाएर उनले मुख्यमन्त्रीमा दाबी पेश गरिसकेका छन् ।

संघीय सत्ता गठबन्धनमा रहेका दलका प्रदेशसभा सदस्यहरु विपक्षी दलसँगको सहकार्यमा सरकार गठनमा सहभागी हुन्छन् भने त्यो गठबन्धनको मर्मविपरित हुने भएकाले नेतृत्व अप्ठ्यारोमा परेको छ । यसले डेढ महिना अघि मात्र बनेको संघीय समीकरण कति दिन अघि बढ्छ भन्ने अनिश्चिता थपिदिएको छ ।

नेकपा एसका नेताहरु पनि अहिलेको संघीय सत्ता गठबन्धन लामो समय नरहने चेतावनी दिन थालिसकेका छन् । गठबन्धनभित्र छलफल नहुने र एकलौटी निर्णय गर्ने परिपार्टी बढेकोमा उनीहरुको असन्तुष्टि छ । यो असन्तुष्टि बढ्दै गए कुनै पनि दिन नेकपा एस विपक्षीमा पुग्न सक्छ ।
यता प्रधानमन्त्री पुष्पकमल दाहाल पनि दबाबमा छन् । उनले जुन उद्देश्य राखेर समीकरण परिवर्तन गराएका थिए, त्यसअनुसारको नतिजा हात परेको छैन । प्रधानमन्त्री दाहालको ध्यान सत्ता समीकरण मिलाउन र पद जोगाउनमै छ । बाँकी विषयमा उनले ठोस काम गर्न सकेका छैनन् । यसले नागरिकका निराशा चिर्न पनि उनलाई समस्या परेको छ ।