२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी

सम्पत्ति छानबिन गर्नुपर्ने प्रस्ताव: गगन–स्वर्णिम आमने–सामने

सम्पत्ति छानबिन गर्नुपर्ने प्रस्ताव: गगन–स्वर्णिम आमने–सामने
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बेलाबेलामा २०४७ सालपछि उच्च ओहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने प्रस्ताव गर्दै आएका छन् । उनले पार्टीभित्र पनि बेलाबेला यो कुरा उठाइरहन्छन् । तर न सरकारले यो विषयलाई गम्भीर रुपमा लिएको छ न त उनकै दल नेपाली कांग्रेसले ।

आमनागरिक माझ पनि नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्ने विषयमा चर्चा हुन्छ । तर त्यसको सुनुवाई कतै भएको छैन । अहिले नेपाली कांग्रेसका तीन जना नेताहरु उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीहरु बद्री पाण्डे र जीवन परियारले संसद्मा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका हुन् ।

परम्परावादी दलहरुको विकल्पका रुपमा उदाएको दाबी गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीले २०४७ सालदेखि यता सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिन गर्न प्रस्ताव गरिरहेका बेला प्रमुख प्रतिपक्षी कांग्रेसका तीन सांसदले संसद्मा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका हुन् । जबकी २०४७ साल यता सरकारको नेतृत्वमा सबैभन्दा बढी कांग्रेस नै छ ।

सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग गर्दै कांग्रेसले संसद् अवरुद्ध गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले अब २०४७ सालदेखि नै सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने आवाज उठाएका थिए ।

महामन्त्री गगन थापाले उठाउँदै आएको र अहिले कांग्रेसका तीन नेताले दर्ता गराएको प्रस्ताव र रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले संसद् बाहिर दिएको अभिव्यक्तिका आ–आफ्नै अन्तर्य देखिन्छन् ।

गगन थापाले सम्पत्ति छानबिन भए आफ्नो पार्टीका एक सय जना जति कारबाही पर्न सक्ने संकेत समेत गरेका छन् । यसको अर्थ सरकारमा सहभागी भएका अझ भनौं मन्त्री बनेका कांग्रेसका एक सय जना जति कारबाहीमा पर्ने हो भने गगनको अगाडि बाटो खुला हुने छ । किनकी अहिले कांग्रेसको नेतृत्व लिन चाहने र गगनलाई पछि धकेल्न खोज्नेहरु नै यसअघि सरकारमा पुगेर हाली मुहाली गरिसकेका व्यक्ति हुन् । उनीहरु कारबाहीमा परे गगनलाई पार्टी र सरकारको नेतृत्व लिन सजिलो हुने छ । त्यही कारण उनले यो विषय उठाएका हुन् ।

उता राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेको अन्तर्य फरक छ । उनलाई भ्रष्टाचार र सुशासनको विरोधी भन्न खोजिएको होइन । तर उनले दिएको अभिव्यक्ति नितान्त सभापति रवि लामिछानेलाई जोगाउने वा उनको प्रतिरक्षा गर्ने उद्देश्यले आएको हो । उनले २०४७ सालपछि सत्तामा पुग्ने सबैको सम्पत्ति छानबिन गरे सबैभन्दा बढी कांग्रेसका नेताहरु पर्ने भनेर यो कुरा ल्याएका हुन् ।

सम्पत्ति छानबिनको कुरा उठाए कांग्रेस दबाबमा आउने र रवि लामिछानेमाथि लगाउँदै आएको आरोपबाट पछि हट्ने आँकलन उनको थियो । तर स्वर्णिमले सार्वजनिक रुपमा अभिव्यक्ति दिएकै दिन कांग्रेसका तीन जनताले सार्वजनिक महत्वको प्रस्ताव नै दर्ता गरेपछि त यो विषय झन् रोचक बनेको छ ।

सार्वजनिक पदाधिकारीहरूको सम्पत्ति विवरण माग गर्ने र जाँचबुझ गरी प्रतिवेदन दिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्ने अभ्यास विगतमा पनि भएको हो । २०४७ सालदेखि विभिन्न पदमा बहाल रहेका र अवकाश प्राप्त पदाधिकारीहरूको सम्पत्ति जाँचबुझ गर्न ०५८ फागुन २४ मा पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको नेतृत्वमा न्यायिक जाँचबुझ आयोग गठन गरिएको थियो । तर आयोगको प्रतिवेदन अहिलेसम्म सार्वजनिक भएन । ‘उक्त समितिको प्रतिवेदन पनि सार्वजनिक गरी कार्यान्वयन गर्नु आवश्यक छ,’ संसद्मा दर्ता भएको सार्वजनिक महत्त्वको प्रस्तावमा भनिएको छ ।