• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता

मिथिलामा सोमवती अमावस्या मनाइँदै



महोत्तरी । मिथिलाक्षेत्रमा आज परेको औँसीका दिन सोमवती अमावस्या पर्व मनाइँदैछ । महोत्तरीसहितका मिथिलाक्षेत्रमा आज बिहान प्रथम प्रहरदेखि नै धार्मिक महत्वका नदी, तलाउ तथा सरोवरमा पवित्र स्नान गर्नेको घुइँचो छ । महोत्तरीको सदरमुकाम जलेश्वरस्थित पुरन्दर, वरुण र भार्गव ९भृगु० सर ९सरोवर, पोखरी० मा सोमवती अमावस्या स्नान गर्ने श्रद्धालु खचाखच छन् ।

यसैगरी, मटिहानी–७ स्थित लक्ष्मीसागर र जिल्लाका तीर्थस्थलहरु ध्रुवकुण्ड, कञ्चनवन, टुटेश्वरधाम नजिकका जलाशय र रातु नदी तटमा स्नान गरेर श्रद्धालु पीपल वृक्षमा पूजाआराधना गर्दैछन् । मिथिलामा सोमवती अमावस्याका दिन गरिने स्नान, दान एवं श्राद्ध अक्षयफल दिने पुण्यदायक मानिन्छ ।  सोमबार औँसी परेका दिन बिहान सखारै कसैसँग बोलचाल नगरी पवित्र जलाशयमा स्नान गर्ने परम्परा रहेको बर्दिबास–२ का बासिन्दा मैथिल कर्मकाण्डका ज्ञाता पण्डित महेशकुमार झा बताउनुहुन्छ ।

सोमवती अमावस्याका दिन पवित्र जलाशयमा स्नानपछि पीपल वृक्षको फेदमा जल चढाउने, पीपल वृक्ष वरिपरि धागो बाँध्ने, दीपदान गर्ने, आरती तथा पुष्पाञ्जली गर्ने र यथासक्य प्रदक्षिणा गर्ने शास्त्रीय विधान रहेको झाको भनाइ छ ।

सोमवती अमावस्यामा गरिने यी कार्यले समस्त पाप नास भई प्रतिकूल ग्रह बाधा हट्ने र सुख, शान्ति एवं समृद्धि प्राप्त हुने मैथिल जनविश्वास छ । पीपल वृक्षमा ब्रह्मा, विष्णु र शिव तीनै देवको बास हुनेहुँदा सोमबारको औँसीका दिन पवित्र जलाशयमा स्नान गरी देवस्मरण गर्ने चलन पूर्वीय वैदिक परम्पराकै रहेको पाका मैथिल बताउँछन् ।

पीपल वृक्षमा ब्रह्मा, विष्णु र शिवको बास हुने शास्त्रमा उल्लेख छ । ‘ॐमूलते ब्रह्मरुपाय मध्यतो विष्णुरुपिणे , अग्रत: शिवरुपाय अश्वत्थाय नमोनम: ।।’ पीपल वृक्षको मूल ब्रह्मा, मध्य विष्णु र अग्रभाग शिवरुप मानिने शास्त्रीय मान्यताले सोमबार औँसीका दिन यहाँ गरिने पूजाआराधना, दान, श्राद्ध तथा आरती पुण्यदायक हुने कर्मकाण्डका ज्ञाता भङ्गाहा–५ सीतापुरका  पण्डित विष्णुप्रसाद शर्माको भनाइ छ । रासस