१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा

इलाम उपनिर्वाचन: एमालेद्वारा छ जनाको नाम सिफारिस, झलनाथ बन्लान् साझा उम्मेदवार ?

इलाम उपनिर्वाचन: एमालेद्वारा छ जनाको नाम सिफारिस, झलनाथ बन्लान् साझा उम्मेदवार ?
फाईल फोटो
अ अ+ अ-

इलाम : प्रतिनिधिसभाका लागि आगामी वैशाख १५ मा हुने इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा उम्मेद्वारका आकाङ्क्षीबीच दौडधूप सुरु भएको छ । यो क्षेत्रबाट प्रतिनिधित्व गर्नुहुने नेकपा एमालेका नेता सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

नेकपा एमालेले आकाङ्क्षीबीच सहमति नजुटेपछि आकाङ्क्षीहरु सबैको नाम केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको छ । सचिवालय बैठकले २ नम्बर क्षेत्रीय संयोजक बुद्धिप्रसाद खनाल, पार्टी जिल्ला उपसचिव रवीन्द्र सुवेदी, सुवास नेम्बाङका पुत्र सुहाङ नेम्बाङ, नरेन्द्रनाथ भट्टराई, डा.देवी क्षेत्री दुलाल र रिपल राईको नाम केन्द्रमा पठाउने निर्णय गरेकोे छ । का अनुसार सचिवालयको निर्णय आज (सोमबार) केन्द्रमा सिफारिस पठाईनेछ ।

सचिवालय बैठकमा सहमति जुटाउन प्रयास भएपनि सम्भव नभएपछि सबैको नाम सिफारिस गर्नुपरेको जिल्ला सचिव उमेश गुरुङले बताउनुभयो । जिल्ला उपाध्यक्ष उदयबहादुर राई संयोजकत्वको कार्यदलले पनि सहमतिको प्रयास गर्दा सम्भव नभएपछि छ जनाकै नाम सचिवालयमा पठाएको गुरुङको भनाई छ । पार्टीको केन्द्रीय अन्तरपार्टी निर्देशनमा आकांक्षीमध्ये एक महिलासहित तीन जनाको नाम जिल्लाले सिफारिस गर्नुपर्ने उल्लेख छ ।

यता, नेपाली कांग्रेसका सभापति डम्बरबहादुर खड्कासहित जिल्ला नेताहरू भेषराज आचार्य, केशव थापा र नगेन्द्र कुमाललगायतको नाम उम्मेदवारको चर्चामा छ । अब केहि दिन भित्रमा उम्मेद्वार सिफारिस गर्ने सभापति खड्काले बताउनुुभएको छ । खड्का आउँदो उपनिर्वाचनमा आफ्नो पार्टीले जित्ने दाबी गर्नुहुन्छ । ‘विगत निर्वाचनपछि कांग्रेस गाउँमा सक्रिय छ, २ नम्बर क्षेत्रमा पनि हाम्रा मतदाता बढेका छन्, कांग्रेसप्रति मतदाताको विश्वास बढेको छ,’ उहाँ भन्नुुुुुुुुुुुुहुुन्छ ।

खड्का २०७९ को निर्वाचनमा एमाले नेता सुुवास नेम्बाङसँग झिनो मतान्तरले पराजित हुनु भएको थियो । उहाँले भन्नुभयो, ‘पार्टी संगठन र मतदाताबीचको सम्बन्ध सुध्रिएको छ ।’ कांग्रेसले उपनिर्वाचनको तयारीका क्रममा आफूले गरेका राम्रा काम मतदातासम्म लैजाने र अब पार्टी कसरी अघि बढ्नुपर्छ भनेर मतदातासँगै छलफल गरिरहेको कांग्रेसले जनाएको छ ।

सत्ता गठबन्धनको अर्को दल नेकपा (माओवादी केन्द्र)बाट यो क्षेत्रको उपनिर्वाचनमा केन्द्रीय सदस्य तथा कोशी प्रदेशका पूर्वसांसद् धीरेन शर्मा रमण र गत प्रदेशसभा निर्वाचनमा इलाम क्षेत्र २ (२)मा पराजित कान्छा लावतीको नाम उम्मेदवारको चर्चामा छ । पार्टी जिल्ला कमिटीले इच्छुकमध्येबाट तीन जनाको नाम उम्मेदवारका लागि केन्द्रमा सिफारिस गर्नेछ ।

केही दिनभित्रमा उम्मेद्वारको नाम सिफारिस गरिने पार्टीका जिल्ला कार्यालय सचिव प्रकाश परियारले बताउनुुभएको छ । उपनिर्वाचनमा माओवादी निर्वाचन क्षेत्रका पालिकामा केन्द्रित हुँदैछ । केन्द्रमा सत्ता समीकरण बदलिएपछि पनि माओवादी आफ्नै दलको उम्मेदवार यो क्षेत्रमा उठाउने तयारीसहित निर्वाचन क्षेत्रमा केन्द्रित भएको हो । माओवादीले चैत ४ मा चुलाचुली, माङ्सेबुङ र माई तथा चैत ५ मा इलाम, देउमाई र फाकफोकथुममा निर्वाचनकेन्द्रित प्रशिक्षण कार्यक्रम राखेको पार्टीका जिल्ला कार्यालय सचिव प्रकाश परियारले जानकारी दिनुुभयो ।

नेपाली कांग्रेसलगायत दलसँग गठबन्धन भएपछि २०७९ सालको निर्वाचनमा माओवादीले इलाम क्षेत्र २ मा उम्मेदवारी दिएको थिएन । त्यस निर्वाचनमा माओवादीले गठबन्धनबाट जिल्लाका प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चारमध्ये इलाम क्षेत्र २ (२)मा मात्र उम्मेदवारी दिन पाएको थियो ।

यस्तै, जनता समाजवादी पार्टी नेपालले तीन जनाको नाम सिफारिस गरेको छ । जसपाका सल्लाहकार डा. महेन्द्र लावती, केन्द्रीय सदस्य लोक सागर साम्बा र जिल्ला उपाध्यक्ष यामप्रसाद लिम्बूलाई उम्मेद्वारका लागि सिफारिस गरिएको सो पार्टीले जनाएको छ ।

पछिल्लो समय निकै चर्चामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले छ जनाको नाम सर्टलिस्टमा राखेको चर्चामा आएपनि सार्वजनिक भएको छैन । सो पार्टीले स्थानीय उम्मेद्वारलाई नै प्राथिमिकता दिने जनाएको छ । रास्वपाबाट धर्म गौतम, महेन्द्र थापा, विष्णु काफ्लेको नाम चर्चामा छ ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का तर्फबाट पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको नाम चर्चामा छ । उहाँ गत निर्वाचनमा इलाम–१ बाट एमालेका महेश बस्नेतसँग दुई हजार ६४५ मतान्तरले पराजित हुनुुभएको थियो । खनाललाई वर्तमान पाँचदलीय गठबन्धनले साझा उम्मेदवार बनाउने चर्चा पनि इलाममा छ । यद्यपि यस बारेमा कुनै निर्णय भइसकेको छैन ।

उपनिर्वाचनमा पहिचानवादीहरुले डकेन्द्रसिंह थेगिम लिम्बूलाई साझा उम्मेदवार बनाउने घोषणा गरेका छन् । कोशी प्रदेश नामकरणसँगै पहिचानवादीले थालेको आन्दोलनको नेतृत्व थेगिमले गर्दै आउनुुभएको छ ।

त्यस्तै स्वतन्त्र उम्मेद्वारको रुपमा पत्रकार मिलन लिम्बूले उम्मेदवारी घोषणा गरिसक्नुुुुुभएको छ ।

यो पटक राजनीतिक समीकरण फेरिएर एमाले, माओवादी, रास्वपा र नेकपा (एकीकृत समाजवादी)को गठबन्धन बनेको अवस्थामा अबको उपनिर्वाचनमा गठबन्धनबाट साझा उम्मेद्वार बन्छन् कि सबै दलले फरक फरक उम्मेद्वार उठाउँछन् भन्ने यकिन भएको छैन ।

कुन दलले उम्मेदवारी पाउने भन्ने निश्चित भइसकेको छैन । आउँँदो उपनिर्वाचन इलाम कांग्रेसको सन्दर्भमा निकै रोचक र महत्वपूर्ण बन्ने देखिएको छ । विगत निर्वाचनको परिणाम, गठबन्धन र पराजित उम्मेदवारबाट भएको चुनावी समीक्षाले आउँदो उपनिर्वाचन इलाम कांग्रेसका लागि कस्तो रहला भन्ने धेरैको चासो छ ।

२०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ यो क्षेत्रबाट विजयी हुुनुभयो । तर, नेम्बाङले जित्दा न एमाले क्षेत्र २ मा ‘ढुक्क’ रहन सक्यो, न पराजित हुँदा कांग्रेसले चित्त बुझायो । आफूलाई हराइएको भन्दै कांग्रेस उम्मेदवारले निर्वाचन आयोगमा निवेदनसमेत दिए ।

त्यो निर्वाचनमा कांग्रेस उम्मेदवार तथा जिल्ला सभापति डम्बरबहादुर खड्का नेम्बाङसँग एक सय १४ मतको अन्तरले मात्रै पराजित हुुनुुभयो । नेम्बाङ यो क्षेत्रबाट ३० हजार २० मत ल्याएर विजयी बन्नुुभएको थियो । निकटतम् प्रतिद्वन्द्वी खड्काले २९ हजार नौ सय छ मत प्राप्त गर्नुभएको थियो । ०७९ सालको निर्वाचनमा इलाम क्षेत्र २ को समानुपातिकमा माओवादीले पाँच हजार एक सय ५३ मत ल्याएको थियो । समानुपातिकमा एमालेले २६ हजार पाँच सय ६२, कांग्रेसले २२ हजार तीन सय ३३ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चार हजार छ सय ८६ मत ल्याएका थिए ।

आउँदो उपनिर्वाचनको मुखमा सत्ता समीकरण फेरिएको छ । अहिलेकै परिवेश हेर्ने हो भने कांग्रेससँग माओवादी, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) पनि साथमा छैनन् ।

सम्भवत: यो उपनिर्वाचनमा कांग्रेस एक्लै निर्वाचनमा जाँदैछ । एमाले नेता तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङको गत भदौ २६ गते निधन भएपछि इलाम क्षेत्र २ को प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

निर्वाचन आयोगले उपनिर्वाचनका लागि मिति तोकेपछि जिल्ला निर्वाचन कार्यालयले तयारी तीव्र बनाएको छ । मतदाता नामावली रूजु गर्ने, निर्वाचनमा चाहिने सामग्री व्यवस्थापन गर्ने, मतदानस्थल र मतदान केन्द्रको अवस्था बुझ्नेजस्ता कामहरू सुरू गरेको जिल्ला निर्वाचन अधिकारी देवीचरण फुयलले बताउनु भयो ।

निर्वाचन कार्यतालिका

निर्वाचन आयोगको कार्यतालिका अनुसार उम्मेदवारी मनोनयन दर्ता चैत २४ गतेलाई तोकिएको छ । चैत २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिन्ह वितरणको कार्यक्रम छ । चैत २२ गते मतदाताको अन्तिम नामावली प्रकाशन हुनेछ ।

चैत २२ गते मुख्य निर्वाचन अधिकृत नियुक्त गरी त्यसै दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिँदैछ । चैत २८ देखि वैशाख १२ प्रचारको अवधि राखिएको छ । वैशााख १२ गते मध्यरातिदेखि मौन अवधि रहने छ । २०८१ वैशाख १५ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मलाई मतदानको समय तोकिएको छ ।

इलाम क्षेत्र न.२ मा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका, देउमाई नगरपालिका, इलाम नगरपालिकाको १–९, ११ र १२ र माई नगरपालिकाको वडा ६–८ समेटिएको छ ।

प्रदेश सभा खण्ड अन्तर्गत यस निर्वाचन क्षेत्रमा इलाम २ (क) र (ख) छन् । निर्वाचनका लागि १ सय ४९ ओटा मतदान केन्द्र र ७९ ओटा मतदान स्थल रहने आयोगले जनाएको छ ।