२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन कर्णाली मन्त्रिपरिषद्ः छ निर्देशनालय र तीन प्रशिक्षण केन्द्रको पुनःसंरचना गर्दै रास्वपा बागमती प्रदेश अधिवेशनः जेठ ३० गते मतदान इरानको रोक्का रकम युद्ध प्रभावित खाडीको पुनः निर्माणमा प्रयोग गरिने जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीपक मनाङेले त्यागे नेकपा एस, अब के होला गण्डकी सरकार ?



अ+ अ-

काठमाडौँ । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेले नेकपा (एकीकृत समाजवादी) त्याग गरको घोषणा गरेका छन् ।

योसँगै गण्डकीको राजनीति रोचक मोडमा पुगेको छ । ४ मंसिर २०७९ को प्रदेशसभा चुनावमा मनाङबाट स्वतन्त्र हैसियतमा विजयी मनाङे त्यसको १५ दिनपछि १९ मंसिरमा (एकीकृत समाजवादी) प्रवेश गरेका थिए ।

तर अहिले सत्ता समीकरणका कारण गण्डकीमा सरकार बनाउने र टिकाउने खेल भइरहँदा उनले नेकपा एस त्यागेको घोषणा गरेका हुन् ।

आइतबार मनाङेले आफूले एकीकृत समाजवादी पार्टी परित्याग गरेको भन्दै गण्डकी प्रदेशसभा सचिवालयमा पत्र दिएका छन् ।

मनाङेले आफूले स्वतन्त्र हैसियतमा चुनाव जितेकाले स्वतन्त्र नै रहने भन्दै पत्र दिएपछि प्रदेशसभा सचिवालय परामर्शमा जुटेको छ ।

प्रदेशसभा सदस्य मनाङेले गण्डकीमा अप्ठेरो अवस्था देखिएकाले मध्यावधि चुनावमा जान सक्ने अवस्था रोक्न आफूले स्वतन्त्र रहने निर्णय गरेको प्रतिक्रिया दिएका छन् ।

केन्द्रमा २१ फागुनमा एमाले–कांग्रेससहितको गठबन्धन बनेपछि त्यसको असर गण्डकी प्रदेशमा परेको छ भने मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे विश्वासको मत लिनुपर्ने अवस्थामा छन् ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसको २७, एमालेको २२, माओवादी केन्द्रको सभामुखसहित ८, राप्रपाको २ र दीपक मनाङे छन् । यो स्थितिमा मुख्यमन्त्रीले विश्वासको मत पाउने अवस्था छैन भने एमाले–माओवादीले पनि सरकार बनाउन सक्ने अवस्था छैन ।

गण्डकीमा हालसम्म राप्रपा निर्णायक देखिन्छ । अर्कोतर्फ मनाङे पनि स्वतन्त्र बनेपछि अहिलेको सत्ता समीकरणअनुसार सजिलै सरकार बन्ने स्थिति देखिँदैन ।