१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीपक मनाङेले त्यागे नेकपा एस, अब के होला गण्डकी सरकार ?



अ+ अ-

काठमाडौँ । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेले नेकपा (एकीकृत समाजवादी) त्याग गरको घोषणा गरेका छन् ।

योसँगै गण्डकीको राजनीति रोचक मोडमा पुगेको छ । ४ मंसिर २०७९ को प्रदेशसभा चुनावमा मनाङबाट स्वतन्त्र हैसियतमा विजयी मनाङे त्यसको १५ दिनपछि १९ मंसिरमा (एकीकृत समाजवादी) प्रवेश गरेका थिए ।

तर अहिले सत्ता समीकरणका कारण गण्डकीमा सरकार बनाउने र टिकाउने खेल भइरहँदा उनले नेकपा एस त्यागेको घोषणा गरेका हुन् ।

आइतबार मनाङेले आफूले एकीकृत समाजवादी पार्टी परित्याग गरेको भन्दै गण्डकी प्रदेशसभा सचिवालयमा पत्र दिएका छन् ।

मनाङेले आफूले स्वतन्त्र हैसियतमा चुनाव जितेकाले स्वतन्त्र नै रहने भन्दै पत्र दिएपछि प्रदेशसभा सचिवालय परामर्शमा जुटेको छ ।

प्रदेशसभा सदस्य मनाङेले गण्डकीमा अप्ठेरो अवस्था देखिएकाले मध्यावधि चुनावमा जान सक्ने अवस्था रोक्न आफूले स्वतन्त्र रहने निर्णय गरेको प्रतिक्रिया दिएका छन् ।

केन्द्रमा २१ फागुनमा एमाले–कांग्रेससहितको गठबन्धन बनेपछि त्यसको असर गण्डकी प्रदेशमा परेको छ भने मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे विश्वासको मत लिनुपर्ने अवस्थामा छन् ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसको २७, एमालेको २२, माओवादी केन्द्रको सभामुखसहित ८, राप्रपाको २ र दीपक मनाङे छन् । यो स्थितिमा मुख्यमन्त्रीले विश्वासको मत पाउने अवस्था छैन भने एमाले–माओवादीले पनि सरकार बनाउन सक्ने अवस्था छैन ।

गण्डकीमा हालसम्म राप्रपा निर्णायक देखिन्छ । अर्कोतर्फ मनाङे पनि स्वतन्त्र बनेपछि अहिलेको सत्ता समीकरणअनुसार सजिलै सरकार बन्ने स्थिति देखिँदैन ।