१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रसूति गृहबाट बच्चा चोरेर लगेको सीसी क्यामरामा देखियो



अ+ अ-

काठमाडौं । थापाथलीस्थित परोपकार प्रसुति गृह तथा स्त्री रोग अस्पतालबाट बच्चा चोरेर लगेको सीसी क्यामरामा देखिएको छ ।

अस्पतालको सीसी क्यामराको फुटेजमा मास्क लगाएकी एक महिलाले शिशु लिएर हिँड्दै गरेको देखिएको छ । अनुसन्धान अधिकृतहरुले फुटेजका आधारमा शिशुको खोजी थालेका छ ।

अस्पताल भित्रबाटै २६ दिन की नवजात शिशु चोरी भएको खबर पाएसँगै प्रहरीले यसबारे अनुसन्धान थालेको थियो । काभ्रेको चौरी देउराली गाउँपालिका–३ घर भएर कपन बस्ने २२ बर्सिया सविना श्रेष्ठले आफ्नो बच्चा चोरी भएको भन्दै प्रहरीमा उजुरी दिएकी थिईन् ।

ओपीडी जाँचका लागि अस्पताल पुगेका बेला चिनजान नभएको महिलालाई एकछिन बच्चा हेरिदिनु भन्दै रिपोर्ट लिन जादा बच्चा चोरी भएको बताईएको छ ।

प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको छ ।