• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

जिल्ला अदालतको फैसलाविरुद्ध सन्दीप लामिछाने उच्च अदालतमा



फाईल फोटो

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा काठमाडौँ  जिल्ला अदालतले गरेको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन दिएका छन् ।

बिहीबार जिल्ला अदालतको फैसला बदरको मागसहित सन्दिप उच्च अदालत पुगेका हुन् ।

पुष २५ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गर्दै ८ वर्षको कैद सजाय सुनाएको थियो ।

जिल्ला अदालतको उक्त फैसला बदरको मागसहित उच्च अदालतमा पुनरावेदन गर्न लागेको उनका कानुन व्यवसायी तथा अधिवक्ता सरोजकृष्ण घिमिरेले बताए ।