• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

आर्थिक वर्ष २०८१–८२ मा १८ खर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी



काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८१–८२ मा १८ खर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ ।

अर्थमन्त्री डा.प्रकाशशरण महतले आज एक पत्रकार सम्मेलन गरी आगामी आर्थिक वर्षका लागि १८ खर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा बोल्दै मन्त्री महतले राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १८ खर्ब रुपैयाँको बजेटको सिलिङ दिएको जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा मन्त्री महतले चालू आर्थिक वर्षको बजेट कटौती नभएको जानकारी गराउदै उहाँले संसदले पारित गरेको बजेट अर्थमन्त्रालयले कटौती गर्न नसक्ने जानकारी गराउनुभयो ।