९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिर्गौला प्रत्यारोपणपछिको प्रमको सक्रियता र आत्मविश्वास देखेर डाक्टर नै दङ्ग



अ+ अ-

काठमाडौं । ‘म आग्रह गर्छु – मेरो स्वास्थ्यलाई लिएर यहाँहरु ढुक्क हुनुहोस्,’ मिर्गौला प्रत्यारोपण गर्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो सन्देश जारी गर्दै यिनै अभिव्यक्ति दिएका थिए । दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि ६९ वर्षीय खोली झनै सक्रिय देखिएका छन् ।

स्वदेशमै मिर्गौला प्रत्यारोपण गराएका मुलुकका कार्यकारी प्रमुखको सक्रियता र आत्मविश्वास देखेर उपचारमा संलग्न चिकित्सक पनि चकित छन् । सामान्यतयाः मानिसको शरीरमा दुईवटा मिर्गौलाहरु हुन्छन् । तर, प्रधानमन्त्री ओलीको शरीरमा चारवटा मिर्गौला छन् । ती मिर्गौला मध्ये एउटा मिर्गौलाले मज्जाले काम गरिरहेको छ । त्यही प्रत्यारोपित मिर्गौलाको भरमा उनी सक्रिय छन् ।

मुलुककै सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्ने प्रधानमन्त्री ओली पहिलो अतिविशिष्ट व्यक्ति थिए । ‘उहाँको मनोबल उच्च देखिन्छ । उर्जा झन् बढेको छ,’ मिर्गौला प्रत्यारोपणमा संलग्न त्रिभुवन विश्वविद्यालय युरोलोजी तथा मिर्गौला प्रत्यारोपण विभागका प्रमुख प्राडा उत्तमकुमार शर्मा भन्छन्, ‘उहाँको स्वास्थ्य देखेर सन्तुष्ट छु । उहाँको दिनचर्या हेर्दा अचम्म लाग्छ ।’ अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।