९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

४४ सशस्त्र समूह: अस्तित्वमा अब एउटा मात्रै समूह



अ+ अ-

काठमाडौं । देशमा हिंसा विसर्जनको अवस्थामा छ। तीन वर्षअघि ४४ सशस्त्र समूह देखिएको थियो। गृह मन्त्रालयका अनुसार अब एउटा मात्रै समूह अस्तित्वमा छ। मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले सबै सशस्त्र समूह सकिन लागेको बताए। प्रवक्ता बुढाका अनुसार गोइत समूह मात्रै मूलधारमा आउन बाँकी छ। 

सरकारले ०७५ भदौ ८ गते राजनीतिक वार्ता टोली बनाएर हिंसाको बाटोमा रहेका समूहलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन पहल थालेको थियो। त्यस क्रममा अस्तित्वमा देखिएका ४४ वटा सशस्त्र समूहमध्ये १६ वटाको गतिविधि नै पाइएन। बाँकी २८ मध्ये २६ समूहसँग वार्ता गरी सम्झौता भएको थियो। तत्कालीन वार्ता टोली संयोजक सोमप्रसाद पाण्डेले विखण्डनकारी एजेन्डा बोकेका कारण सीके राउतसँग वार्ताको योजना नबनाइएको बताए । राउतका दाजु जयकान्त राउतले सम्पर्कसूत्रको काम गरेको नेता पाण्डेको भनाइ छ। 

पछि सरकारले सीके राउतलाई शान्तिपूर्ण राजनीतिको बाटोमा ल्याएको हो। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई पनि सरकारले शान्ति सम्झौतामा ल्याएको छ। अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।