७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

४४ सशस्त्र समूह: अस्तित्वमा अब एउटा मात्रै समूह



अ+ अ-

काठमाडौं । देशमा हिंसा विसर्जनको अवस्थामा छ। तीन वर्षअघि ४४ सशस्त्र समूह देखिएको थियो। गृह मन्त्रालयका अनुसार अब एउटा मात्रै समूह अस्तित्वमा छ। मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले सबै सशस्त्र समूह सकिन लागेको बताए। प्रवक्ता बुढाका अनुसार गोइत समूह मात्रै मूलधारमा आउन बाँकी छ। 

सरकारले ०७५ भदौ ८ गते राजनीतिक वार्ता टोली बनाएर हिंसाको बाटोमा रहेका समूहलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन पहल थालेको थियो। त्यस क्रममा अस्तित्वमा देखिएका ४४ वटा सशस्त्र समूहमध्ये १६ वटाको गतिविधि नै पाइएन। बाँकी २८ मध्ये २६ समूहसँग वार्ता गरी सम्झौता भएको थियो। तत्कालीन वार्ता टोली संयोजक सोमप्रसाद पाण्डेले विखण्डनकारी एजेन्डा बोकेका कारण सीके राउतसँग वार्ताको योजना नबनाइएको बताए । राउतका दाजु जयकान्त राउतले सम्पर्कसूत्रको काम गरेको नेता पाण्डेको भनाइ छ। 

पछि सरकारले सीके राउतलाई शान्तिपूर्ण राजनीतिको बाटोमा ल्याएको हो। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई पनि सरकारले शान्ति सम्झौतामा ल्याएको छ। अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।