७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाको कुन पक्षसँग खुल्ने भन्ने विषयमा काँग्रेस अझै अलमलमा



अ+ अ-

काठमाडौं । विकसित राजनीतिक घटनाक्रममा कसरी अघि बढ्ने भन्ने विषयमा कांग्रेस अझै अनिर्णित नै छ । बिहीबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकबाटसमेत कांग्रेसले पछिल्लो राजनीतिक वातावरणमा आफूलाई कसरी अघि बढाउने भन्ने विषयमा कुनै निर्णय गर्न नसकेको हो ।

संसद् पुनःस्थापनापछि बनेको नयाँ राजनीतिक कोर्समा कांग्रेस नै नयाँ सरकार गठनको प्रक्रियामा निर्णायक हुने देखिएको छ । तर, कांग्रेसले विवादको भुमरीमा रहेको नेकपाको कुन पक्षसँग खुल्ने भन्ने विषयमा निर्णय लिइसकेको छैन ।

सो विषयमा कांग्रेसले छलफल गर्न बिहीबार पदाधिकारी तथा पूर्वपदाधिकारीलाई छलफलमा बोलाएको थियो । छलफलमा संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको समूहलाई पार्टीले सहयोग गरेर अघि बढ्ने कि विघटनको विरोधमा खुला रूपमा लाग्ने नेकपाकै पुष्पकमल दाहाल र माधव नेपाल समूहलाई सहयोग गर्ने भन्नेमा नेताहरू विभाजित देखिएका छन् ।

बैठकमा धारणा राख्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले असंवैधानिक कदम अघि बढाउने पक्षलाई साथ दिन नहुने भन्दै पार्टीले प्रतिपक्षमा नै बस्ने गरी निर्णय लिनुपर्ने बताएका थिए । उनले प्रचण्ड—नेपाल पक्षले दर्ता गराएको अविश्वासको प्रस्तावमा कांग्रेस लचिलो बन्नुपर्ने मत राखेका थिए । तर, सभापति देउवाले भने बैठकमा नेताबाट आएका राय सुन्दै स्थिति परिपक्व भएपछि खुल्ने जवाफ दिएका छन् । कांग्रेस नेता अर्जुननरसिंह केसीले बैठकले कुनै निर्णय नगरेको जानकारी दिए । राजधानी दैनिकमा समाचार छ ।