९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरजग्गाको कारोबारलाई संस्थागत बनाई व्यवस्थित तथा पारदर्शी बनाउन सरकारको अध्ययन शुरू



अ+ अ-

काठमाडौं । घरजग्गाको कारोबारलाई संस्थागत बनाई व्यवस्थित तथा पारदर्शी बनाउन सरकारले अध्ययन शुरू गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले घरजग्गाको कारोबार गर्न आधिकारिक संस्था बनाउन विभिन्न अवधारणामाथि अध्ययन शुरू गरिरहेको छ । घरजग्गाको कारोबार गर्न एउटा मान्यता प्राप्त र विश्वसनीय संस्था विकास गर्न सरकारले यस्तो गृहकार्य अघि बढाएको दाबी गरेको छ ।

आगामी २ महीनासम्ममा प्रतिवेदन तयार पार्ने गरी मन्त्रालयले विभिन्न अवधारणामा गृहकार्य गरिरहेको छ । सरकारले आफ्नै कम्पनी बनाउने, निजी–सरकारी साझेदारी ९पीपीपी० अवधारणामा काम गर्ने अथवा कुनै मार्गदर्शन बनाएर निजीक्षेत्रलाई नै कारोबार गर्न दिने भन्ने तीनओटा अवधारणामा छलफल भएको र यसको मोडालिटी स्पष्ट पार्ने काम भइरहेको छ । त्यसपछि मात्रै कुन मोडालिटीमा यसको कारोबार हुने भन्ने निक्र्योल हुनेछ ।

मन्त्रालयका प्रवक्ता जनकराज जोशीले मुलुकभर हुने घरजग्गाको कारोबारमा पारदर्शिता, जवाफदेही र यसको कारोबार गर्नेलाई जिम्मेवार बनाउने नै मुख्य लक्ष्य रहेको बताए । ‘अहिले जुन किसिमका ठगीका कारोबार, राजस्व छलीजस्ता अवैध काम गरिएको देखिन्छ,’ जोशीले भने, ‘त्यसलाई व्यवस्थित गर्न औपचारिक संस्था स्थापनाको आवश्यकता देखिएको हो ।’ आर्थिक अभियान दैनिकमा छ ।