९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

महामारीमा बैंकहरुले दिए १३ अर्ब बराबरको ब्याज छुट



अ+ अ-

काठमाडौं । कोरोना महामारीमा बैंक, वित्तीय संस्थाले ऋणीलाई करिब १३ अर्ब रुपैयाँ बराबरको ब्याज छुट दिएका छन् । नेपाल राष्ट्र बैंकले कोरोना प्रभावित व्यवसायीलाई टाट पल्टिनबाट बचाउन दिएको निर्देशनअनुसार यस्तो छुट दिएका हुन् ।

नेपाल बैंकर्स एसोसिएसनका अनुसार कोरोना महामारीमा बैंकहरुले छुट दिएका कारण यो वर्ष बैंकहरुको आम्दानी केही घट्न पुग्यो । दुई प्रतिशत ब्याज छुट अन्तरगत वाणिज्य बैंकहरुले नौ अर्ब ६७ करोड, विकास बैंकहरुले ९६ करोड ५० लाख, वित्तीय कम्पनीले १४ करोड ६७ लाख र लघुवित्तले एक अर्ब ४७ करोड रुपैयाँ छुट दिएका छन् ।

वाणिज्य बैंकका एक प्रमुख कार्यकारी अधिकृतले राष्ट्र बैंकले कोरोनाको बेला वित्तीय संस्थाभन्दा पनि उद्योगी, व्यवसायीको हितलाई बढी ध्यान दिएको गुनासो गरे । उनले यसको असर आगामी वर्ष पनि कायमै रहने बताए । नागरिक दैनिकमा समाचार छ ।