२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा News Polar वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो News Polar बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्याः तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन् News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar सर्वाधिक १७३ मतसहित नेपाल संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित News Polar सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा News Polar बजेट खर्चलाई मात्र प्रगतिको आधार नबनाउन निर्देशन News Polar पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम News Polar अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो News Polar खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु

दाल प्याकेजिङमा त्रुटिः ४० टन दाल नष्ट गर्ने कि परीक्षण गर्ने अन्योल

दाल प्याकेजिङमा त्रुटिः ४० टन दाल नष्ट गर्ने कि परीक्षण गर्ने अन्योल
अ अ+ अ-

काठमाडौं । तीन महिनाअघि मोजाम्बिकबाट आयात गरिएको  ४०  हजार  किलो  रहर  दालको प्याकेजिङमा  त्रुटि  भेटिए  पनि  कारबाही गर्ने  विषयमा  अन्योल  बढेको  छ । दाल प्याक गरिएको बोरामा  उत्पादन मिति र उपभोग अवधि परिवर्तन  गरिएको  लेबल टाँसेको पाइएपछि  कारबाहीको  आधारका विषयमा अन्योल देखिएको हो । संयुक्त  बजार  अनुगमन  समितिले विराटनगर–७ स्थित जैसानी ट्रेड कन्सर्नको  दाल  गोदाममा  गत  फागुन १२  गते  नै  सिलबन्दी  गरेको  थियो । 

शिलबन्दीसँगै वाणिज्य, आपूर्ति तथा उपभोक्ता  संरक्षण  कार्यालयले  तीन  लाख रुपियाँ जरिवानासमेत भराएको थियो । विदेशी   निर्यातकर्ता   ईटीजीमार्फत ५० लाख रुपियाँको ४८ टन दाल आयात  गरेको  जैसानीले  गत  मङ्सिर १७ गते भन्सार जाँचपासपछि दाल नेपाल भित्रिएको हो । ईटीजीले दाल निर्यात गर्दा गाफ्ता (टे«ड फिड बीमा प्रमाणपत्र, अनाज र  फिड  ट्रेड) प्रमाणपत्रसहित  जैसानीलाई पठाएको  थिया ।  आयातकर्ता  जैसानीलाई समेत   खाद्य   प्रयोगशाला, क्वारेन्टाइन र खाद्य आयात–निर्यात प्रमाणीकरण कार्यालयले  ।।।चारित्रिक  गुणस्तर अनुरूप अनुकूल  पाइएको’  भनेर  स्वीकृति  प्रदान गरिदिएको छ ।

तर  जैसानीले  आयात  गरेको  ४८ टनमध्ये  गोदाममा  फेला  परेको  ४०  टन दाल प्याकेजिङ  गरिएको  दुई  हजार  सात सय   बोराको   बाहिरी   भागमा दुईवटा लेबल  भेटिएको  छ ।  उत्पादक  कम्पनीले बोरामै  प्रिन्ट  गरेको  लेबलमा  सन्  २०१३ मा  उत्पादन  भई  २०१५  सम्ममा  दाल उपभोग गर्ने अवधि लेखिएको छ । बोरामा भएको त्यो प्रिन्टलाई छोप्ने अर्को लेबलमा  भने  सन्  २०२० मा उत्पादन भई  २०२२  मा  उपभोग्य  मिति  उल्लेख गरिएको  फेला  परेको  छ । खुद्रा बिक्रेता हुँदै आयातकर्तासम्म पुगेर गोदाम सिलबन्दी गरिएपछि दुई निकायबीच कारबाही  बढाउने  विषयमा  भने  अन्योल देखा परेको हो । गोरखापत्र दैनिकमा नवराज कट्टेलले लेखेका छन् ।