१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल

वरिष्ठ गायक दीप श्रेष्ठको सम्मानमा मिस्टिक माउण्टेन नगरकोटमा शनिबार ‘सांगितिक साँझ’

वरिष्ठ गायक दीप श्रेष्ठको सम्मानमा मिस्टिक माउण्टेन नगरकोटमा शनिबार ‘सांगितिक साँझ’
अ अ+ अ-

भक्तपुर । चर्चित र वरिष्ठ गायक दीप श्रेष्ठ भोलि माघ २० गते शनिबार राजधानीदेखि २६ किलोमिटर पर नगरकोटमा गएर साँझ गाउने छन…‘म त दुरदेखि आँए, तिम्रो नाम बोकेर, सम्वोधन गर्दा गर्दै गई गयो छोडेर..’ अनि गाउने छन..‘कति कमजोर रहेछ मेरो भाग्य, तिम्रो सिंउँदो कोर्न सकिन’ ..त्यसैगरि ‘हर रात सपनीमा ऐंठन हुन्छ, गाउँमा शायद पहिरो गयो कि ?’ यस्तैयस्तै सुमधुर गीत संगीतले शनिबारको साँझ नगरकोटको डाँडा गुञ्जायमान हुनेछ ।

किनकी प्रमुख पर्यटकिय स्थल नगरकोटको इतिहासमै पहिलोपटक चारतारे स्तरको होटेल मिस्टिक माउण्टेनले तिनै चर्चित वरिष्ठ गायक दीप श्रेष्ठको सम्मानमा ‘दिप श्रेष्ठ सम्मान र सांगितिक साँझ’ आयोजना गर्न लागेको छ । जहाँ उनले आफ्नो जमानाका चर्चित गीतहरु स्रोतासामु पस्कने छन् ।

नेपाली गीत संगीत र चर्चित गायकहरुलाई बेलैमा सम्मान गर्नु पर्यटन र होटेल व्यवसायीको पनि दायीत्व भएकोले होटेल मिस्टिक माउण्टेनले नगरकोटको इतिहासमै पहिलोपल्ट यस्तो कार्यक्रम आयोजना गर्न लागेको होटेलकी वजार तथा विक्री प्रवन्धक अमिता श्रेष्ठले भनीन् । ‘हामीले कसैसंग स्पोन्सर नमागी आफ्ना नियमित र नयाँ ग्राहकहरुलाई एउटा प्याकेज बनाएर यो कार्यक्रम गरेका हौं’, श्रेष्ठले भनीन् ।

भोलि आयोजना हुन लागेको ‘दिप श्रेष्ठ सम्मान र सांगितिक साँझ’को लाग होटेलका ७२ कोठामध्ये ५० वटा कोठा बुकिङ्ग भईसकेको र बाँकी कोठाहरु शुक्रबार बुकिङ्ग हुने उनले बताँइन् ।

होटेलमा रात बिताउन नचाहने संगीतप्रेमीहरुका लागि पनि नास्ता र रातको खानासहितको छुट्टै प्याकेजको व्यवस्था गरिएको छ ।

सांगितिक साँझको टिकट विक्रीबाट उठेको रकममा केही रकम थपेर वरिष्ठ गायक दीप श्रेष्ठ र उनको सांगितिक समुहलाई प्रदान गरिने होटेल व्यवस्थापनले जनाएको छ । यसको लागि सम्पुर्ण खर्च होटेल व्यवस्थापन आफैंले गरेको छ भने अन्य कुनै प्रायोजकहरुसंग कार्यक्रमको स्पोन्सर गर्न लगाएको छैन ।

नेपालका चर्चित गायक तथा कलाकारहरुलाई अन्य पर्यटकियस्थल र तीसंग सम्वन्धित व्यवसायीहरुले पनि भविष्यमा सम्मान गर्न शुरु गरुन् भनेर नगरकोटमा पहिलोपल्ट यस्तो सांगितिक कार्यक्रम आयोजना गर्न लागिएको होटेल व्यवस्थापनको दावी छ ।