• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo

कांग्रेस संसदीय दलको बैठक बस्दै



काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ। कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठक अपराह्न २ बजे सङ्घीय संसद् भवनकोमा बोलाइएको जानकारी दिनुभयो ।

बैठकमा आगामी सोमबारदेखि हुने हिँउदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल हुने प्रमुख सचेतक लेखकले बताउनुभयो ।

संसदमा जतिसक्दो धेरै विधेयक प्रस्तुत गर्ने र त्यसलाई अगाडि बढाउनका लागि पार्टीका तर्फबाट सांसदले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा पनि छलफल गरिने उहाँले बताउनुभयो ।