२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना प्रकरण: व्यवसायी अरुण चौधरी पक्राउ



अ+ अ-

काठमाडौं । व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् ।

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सम्बन्धी विवादमा अनुसन्धानका लागि उनलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को स्रोतले जनाएको छ ।

जग्गा हिनामिना गरेको आरोपमा चौधरीसँगै अजितनारायणसिंह थापालाई पक्राउ गरिएको छ ।

थापालाई प्रहरीले बत्तिसपुतलीस्थित घरबाट पक्राउ गरेको हो।

अरुण चौधरी सीजी होल्डिङ्सका अध्यक्ष हुन्।  अजितनारायण बाँसबारी छालाजुत्ता उद्योगका बोर्ड अध्यक्ष थिए।

बाँसबारी छालाजुत्ता उद्योगको सरकारी जग्गा हिनामिना गरेकाे प्रकरणमा सीआईबीले अनुसन्धान गरिरहेको छ। अर्कातिर यो प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको छ।

सो जग्गामा अहिले चाँदबाग बिद्यालय संञ्चालन भै रहेको छ । सो जग्गाको स्वामित्व भने अरुणका दाजु तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीको  मा रहेका छ ।