२३ जेष्ठ २०८३, शनिबार
,
Latest
प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वर्गिय राजा महेन्द्रलाई यसरी स्मरण गरे रवीन्द्र मिश्रले



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले देशको परिप्रेक्षमा राजा महेन्द्रको १० वर्षे प्रत्यक्ष शासनकालबारे पढ्दा र बुझ्दा, आफूले नभोगेको भए पनि, त्यो अवधिबारे ‘नोस्ट्यालजिक’ हुदै उहाँको स्मरण गनुभएको छ ।

मिश्रले राजा महेन्द्र दश वर्ष बढी बाँचेका भए सिंगापुरका विश्व विख्यात नेता लि क्वान यू सरहका रूपान्तरणकारी र विश्व प्रतिष्ठित राजनेता हुने थिए भन्ने आफ्नो ठम्याइ रहेको जनाउनु भएको छ ।

राजा महेन्द्रप्रति श्रद्धाञ्जली अर्पण गर्दै रवीन्द्र मिश्रले सामाजिक संञ्जालमा लेख्नु भएको छ –

नोस्ट्याल्ज्या/Nostalgiaअर्थात अतीत प्रेम:

‘नोस्ट्याल्ज्या’ विगतको मिठो/सौन्दर्यपूर्ण/शान्तपूर्ण/सम्मानपूर्ण/स्वाभिमानपूर्ण समयको स्मरण हो।

अतीत प्रेमले विगतको निश्चित समयका नकारात्मक पाटोलाई समेट्दैन। सकारात्मक पाटोलाई मात्र समेट्छ।

देशको परिप्रेक्षमा राजा महेन्द्रको १० वर्षे प्रत्यक्ष शासनकालबारे पढ्दा/बुझ्दा, आफूले नभोगेको भए पनि, म त्यो अवधिबारे ‘नोस्ट्यालजिक’ हुन्छु।

दश वर्ष बढी बाँचेका भए उनी सिंगापुरका विश्व विख्यात नेता लि क्वान यू सरहका रूपान्तरणकारी र विश्व प्रतिष्ठित राजनेता हुनेथिए भन्ने मेरो ठम्याइ छ।

विभिन्न विश्वसनीय तथ्यहरूले उनी प्रजातन्त्र पुनर्स्थापनाको बाटोमा अग्रसर भइसकेका थिए भन्ने पनि पुष्टी गरेको छ।

विडम्वना यो छ कि, राजा महेन्द्रलाई अप्रजातान्त्रिक भनेर खोइरो खन्नेहरू संसारकै सबैभन्दा क्रुर र अप्रजातान्त्रिक नेताहरू माओ र लेनीनको गाथा गाउँछन् र तिनकै नामबाट पार्टी चलाउँछन्।

राजा महेन्द्र ५२ वर्षकै उमेरमा २०२८ सालमा आजकै दिन विते। उनको देशभक्ति, क्षमता, इमान र दूरदृष्टी नभइदिएको भए आज नेपाल के हुन्थ्यो भन्न सकिँदैन।

हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु!