• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo

स्वर्गिय राजा महेन्द्रलाई यसरी स्मरण गरे रवीन्द्र मिश्रले



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले देशको परिप्रेक्षमा राजा महेन्द्रको १० वर्षे प्रत्यक्ष शासनकालबारे पढ्दा र बुझ्दा, आफूले नभोगेको भए पनि, त्यो अवधिबारे ‘नोस्ट्यालजिक’ हुदै उहाँको स्मरण गनुभएको छ ।

मिश्रले राजा महेन्द्र दश वर्ष बढी बाँचेका भए सिंगापुरका विश्व विख्यात नेता लि क्वान यू सरहका रूपान्तरणकारी र विश्व प्रतिष्ठित राजनेता हुने थिए भन्ने आफ्नो ठम्याइ रहेको जनाउनु भएको छ ।

राजा महेन्द्रप्रति श्रद्धाञ्जली अर्पण गर्दै रवीन्द्र मिश्रले सामाजिक संञ्जालमा लेख्नु भएको छ –

नोस्ट्याल्ज्या/Nostalgiaअर्थात अतीत प्रेम:

‘नोस्ट्याल्ज्या’ विगतको मिठो/सौन्दर्यपूर्ण/शान्तपूर्ण/सम्मानपूर्ण/स्वाभिमानपूर्ण समयको स्मरण हो।

अतीत प्रेमले विगतको निश्चित समयका नकारात्मक पाटोलाई समेट्दैन। सकारात्मक पाटोलाई मात्र समेट्छ।

देशको परिप्रेक्षमा राजा महेन्द्रको १० वर्षे प्रत्यक्ष शासनकालबारे पढ्दा/बुझ्दा, आफूले नभोगेको भए पनि, म त्यो अवधिबारे ‘नोस्ट्यालजिक’ हुन्छु।

दश वर्ष बढी बाँचेका भए उनी सिंगापुरका विश्व विख्यात नेता लि क्वान यू सरहका रूपान्तरणकारी र विश्व प्रतिष्ठित राजनेता हुनेथिए भन्ने मेरो ठम्याइ छ।

विभिन्न विश्वसनीय तथ्यहरूले उनी प्रजातन्त्र पुनर्स्थापनाको बाटोमा अग्रसर भइसकेका थिए भन्ने पनि पुष्टी गरेको छ।

विडम्वना यो छ कि, राजा महेन्द्रलाई अप्रजातान्त्रिक भनेर खोइरो खन्नेहरू संसारकै सबैभन्दा क्रुर र अप्रजातान्त्रिक नेताहरू माओ र लेनीनको गाथा गाउँछन् र तिनकै नामबाट पार्टी चलाउँछन्।

राजा महेन्द्र ५२ वर्षकै उमेरमा २०२८ सालमा आजकै दिन विते। उनको देशभक्ति, क्षमता, इमान र दूरदृष्टी नभइदिएको भए आज नेपाल के हुन्थ्यो भन्न सकिँदैन।

हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु!