१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै

तमोरको पानी ताँखुवा, तेलिया र पेरेवादिनमा पुर्‍याइँदै

तमोरको पानी ताँखुवा, तेलिया र पेरेवादिनमा पुर्‍याइँदै
अ अ+ अ-

धनकुटा । छथर जोरपाटी गाउँपालिकाको वडा नं ३, ४ र ५ मा तमोर नदीबाट खानेपानी लिफ्टिङ गरेर पुर्याइने भएको छ । जोरपाटी बृहत् खानेपानी आयोजनाअन्तर्गत ताँखुवा, तेलिया र पेरेवादिनमा खानेपानी पुर्याइन लागिएको हो ।

सङ्घीय सरकारको रु १६ करोड २३ लाखको लागतमा तमोर नदीबाट उत्तर–पश्चिम १४ किमी खानेपानी लिफ्टिङ पूर्वाधारको काम जारी छ । उक्त खानेपानी आयोजनाबाट एक हजार दुई सय ९५ घरधुरी लाभान्वित हुने आयोजनाका अध्यक्ष विष्णु भुजेलले जानकारी दिनुभयो ।

सातवटा ‘लिफ्टिङ स्टेशन’ र चार वितरण केन्द्र रहेको यस आयोजनाले सबैभन्दा बढी सुक्खाग्रस्त क्षेत्र, ताँखुवा र तेलिया गाउँवासीलाई फाइदा पुग्ने जनाइएको छ । गाउँमा भर्खरै कालोपत्र सडक आइपुगेको र खानेपानीसमेत उपलव्ध हुँदा अब गाउँबाट बसाइँसराइ रोकिने उहाँको भनाइ छ ।

खानेपानी समस्याका कारण बसाइँसराइले रित्तिन लागेको गाउँमा यस आयोजनाले पुन: मानिस फर्केर आउने आशा पलाएको वडा नं ४ का सचिव शङ्कर ओझाले जानकारी दिनुभयो । विसं २०७९ माघबाट दुई वर्षमा आयोजना पूरा हुनेगरी भद्रपुर झापाको एसएल सिद्धकाली जेभीले ठेक्का पाएको छ । हालसम्म ४० प्रतिशत आयोजनाको काम पूरा भएको कम्पनीका सञ्चालक गुणराज अधिकारीले जानकारी दिनुभयो ।

योजना अन्तर्गतस ७० किमी पाइप लाइन विस्तार, खानेपानी कार्यालय, नौवटा खानेपानी ट्याङ्की र चारवटा सुरक्षा भवनको काम सकिएको उहाँले जानकारी दिनुभयो । काम गरेको रु दुई करोड ५० लाख रकम निकासा नपाउँदा आफूलाई काम गर्न कठिन भएको उहाँले गुनासो गर्नुभयो ।

बजेट अभावका कारण ठेक्काको बाँकी रकम आउनेसमेत टुङ्गो नभएकाले काम रोकिन लागेको उहाँले जानकारी दिनुभयो । “खानेपानी विभागले बजेटको टुङ्गो छैन, पैसा नआएसम्म काम नगर्नु भन्ने मौखिक जानकारी गराएको छ”, उहाँले भन्नुभयो ।समयमा बजेट उपलव्ध भए अगामी असार मसान्तसम्म काम सकेर साउन–भदौबाट खानेपानी परीक्षण सुरु गर्ने उहाँले जानकारी दिनुभयो ।रासस