१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै

अहिलेको स्वतन्त्रता र नागरिक अधिकार शहीदको बलिदानको प्रतिफल: पूर्वराष्ट्रपति भण्डारी

अहिलेको स्वतन्त्रता र नागरिक अधिकार शहीदको बलिदानको प्रतिफल: पूर्वराष्ट्रपति भण्डारी
अ अ+ अ-

काठमाडौँ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हामीले अहिले उपभोग गरिरहेको स्वतन्त्रता र नागरिक अधिकार विगतमा शहीदको बलिदानको प्रतिफल भएको बताउनुभएको छ ।

शहीद दिवस २०८० को अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले शहीदको बदिलानकै कारण स्वाधीन र सार्वभौमसत्ता सम्पन्न राष्ट्र नेपालको स्वतन्त्र नागरिकका रूपमा उँचो शिर लिएर बाँच्न पाएको उल्लेख गर्नुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले शहीदको बलिदानद्वारा प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको रक्षा गर्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको लक्ष्य पूरा गर्नेतर्फ सबै अग्रसर हुनु नै शहीदप्रति सच्चा श्रद्धान्जली हुने बताउनुभयो ।

निरङ्कुस र तानाशाही शासन व्यवस्थाको स्मरण गर्नुहुँदै उहाँले पहिलाका दिनमा हामी ‘नागरिक’ हैन ‘रैती’को रूपमा शिर झुकाएर बाँच्न विवश भएको उल्लेख गर्नुभयो ।

“नेपाली जनतालाई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन निरङ्कुश र तानाशाही शासन व्यवस्थाविरुद्ध भएका विभिन्न आन्दोलनहरुमा आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने महान् सहिदह धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीलगायत सम्पूर्ण ज्ञात–अज्ञात अमर शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु”, जारी शुभकामना सन्देशमा उहाँले उल्लेख गर्नुभएको छ ।

उहाँले न्यायपूर्ण, समतामूलक, सभ्य एवं सुसंस्कृत समाजका साथै समृद्ध राष्ट्र बनाउने शहीदको सपनालाई मूर्त रूप दिन आ–आफ्नो तर्फबाट इमान्दारीताका साथ भूमिका खेल्नुपर्ने बताउनुभएको छ । रासस