१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै

सुस्तावासी नागरिकताबाट वञ्चित

सुस्तावासी नागरिकताबाट वञ्चित
अ अ+ अ-

नवलपुर । नेपाली भूमि बचाउन वर्षौंदेखि लडिरहेका अधिकांश सुस्तावासी नेपाली नागरिकताबाट वञ्चित छन् । सुस्तामा हाल २६५ घरधुरीका तीन हजार १३३ जनसङ्ख्या रहेकामा झन्डै एक तिहाइले मात्र नागरिकता पाएका छन् ।

जिल्ला प्रशासन कार्यालय, पश्चिम नवलपरासीका अनुसार सुस्ताका एक हजार ८३ जनाले मात्र नेपाली नागरिकता पाएका छन् । सुस्ता–५ का वडाध्यक्ष प्रभुनाथ यादवका अनुसार उमेर पुगिसकेका एक हजारभन्दा बढीलाई तत्काल नागरिकता दिनुपर्ने देखिएको छ ।

नागरिकता नहुँदा उनीहरू सरकारी सेवा लिनबाट वञ्चित छन् । उनीहरूले फोनको सिमकार्ड लिन पनि पाउँदैनन् । स्थानीय रवीन्द्र जैसवालले नागरिकता नभएकाले यहाँका युवाले लाइसेन्स बनाउन, बैङ्क खाता खोल्न नपाएको पीडा कसले बुझ्ने भनी प्रश्न गर्नुभयो ।

जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासी सुस्तामा नागरिकता समस्या रहेको स्विकार्छ । पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले सुस्ताका नेपालीलाई नागरिकता दिन कानुनी जटिलता रहेको बताउनुभयो ।

“बाबुआमा दुवैको नागरिकता भएका छोराछोरीले सहजै नागरिकता पाएका छन् तर बाबुको नभएर आमाको नागरिकता मात्र भएकाले नागरिकता पाउन सकेका छैनन्,” उहाँले भन्नुभयो, “२०६३ सालपछि बाबुआमा दुवैको नागरिकता देखाउनुपर्ने नियम बनाइएको छ । त्यो भएकाले बाबुको नागरिकता देखाउन नसक्नेले नागरिकता पाउन नसकेको सत्य हो ।” उहाँले यस्तो सङ्ख्या पाँच, सात सयको हाराहारीमा हुन सक्ने उल्लेख गर्दै त्यसका लागि ऐन संशोधन गर्नुपर्ने बताउनुभयो ।

यसै क्षेत्रबाट निर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य देवकरण कलबारले यहाँका तमाम समस्या समाधानका लागि आफूले पहल गरिरहेको बताउनुभयो । “यहाँका सबै समस्याबारे जानकार छु । व्यावहारिक निर्णय गरेर नागरिकता, लालपुर्जा दिने र अन्य विकासका काम प्राथमिकतामा राखेर अघि बढाउने गरी पहल गरिरहेको छु,” उहाँले भन्नुभयो, “प्रदेश सभामा पनि कुरा उठाइरहेको छु । यसका लागि तीनै तहका सरकासँग समन्वय गरिने छ ।”

लालपुर्जा पनि छैन

नागरिकतासँगै अधिकांश सुस्तावासीले जग्गाधनी लालपुर्जा पनि पाएका छैनन् । ४० हजार ९८० हेक्टर क्षेत्रफल रहेको सुस्तामा १४ हजार पाँच सय हेक्टर क्षेत्रफल भारतले अतिक्रमण गरिरहेको छ । सशस्त्र प्रहरी बल नेपाल बिओपी सुस्ताका प्रहरी निरीक्षक अनिल थापाका अनुसार १९ हजार ९८० हेक्टर क्षेत्रफललाई विवादित भनेर राखिएको छ भने नेपालले सात हजार हेक्टर जमिन मात्र भोगचलन गरिरहेको छ । त्यसमध्ये ५५६ बिघा क्षेत्रफलको मात्र लालपुर्जा स्थानीयवासीको नाममा छ ।

पहिले यहाँ नौ वटा वडा रहेको सिङ्गो गाउँ पञ्चायत थियो । २०३४ सालमा नारायणी नदीमा बाढी आएपछि उक्त गाउँ पञ्चायत विस्थापित भयो । विस्थापित ठाउँको दक्षिणतिरबाट भारतले अतिक्रमण बढाउँदै लगेको छ । भारतीय पक्षलाई फिर्ता पठाएर त्यो ठाउँका नेपालीलाई लालपुर्जा दिनुपर्ने सुस्ता बचाउ अभियानका सल्लाहकार गैरेको भनाइ छ । उहाँले नारायणी नदीवारि र पारिका नेपालीको संयुक्त सङ्घर्ष समिति बनाएर प्रधानमन्त्रीसमक्ष आवाज पुर्‍याउने कार्यक्रम तयार गरिहेको बताउनुभयो ।

यसैबिच सुस्ताका बासिन्दाले सरकारले तत्काल सीमा समस्या समाधान नगरे अदालतको ढोका ढकढक्याउने चेतावनी दिएका छन् । सुस्ता बचाउ अभियानका कार्यवाहक अध्यक्ष आदम खानले तत्काल सुस्ताको भूमि व्यवस्थापन गर्न सरकारसँग आग्रह गर्नुभएको गोरखापत्र अनलाइनमा बोमलाल गिरीले लेख्नुभएको छ ।