• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo
Latest
★   नइका चार कृतिको लोकार्पण ★   राष्ट्रिय नाचघरमा ‘माटोको गीत’ ★   काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष ★   राजस्थानलाई ५ विकेटले हराउँदै चेन्नई तेस्रो स्थानमा उक्लियो, प्लेअफको सम्भावना बढायो ★   बर्खास्तीमा परेको साढे सात वर्षपछि सार्वजनिक कार्यक्रममा देखिए पूर्वअख्तियार प्रमुख कार्की ★   सर्वोच्चको फैसलाले इन्टरनेट सेवा प्रदायकबाट राजश्व असुलीको बाटो खुल्यो ★   टीकापुरस्थित तीस बिगहा सरकारी जग्गा हिनामिना प्रकरणको कीर्तेतर्फ पनि अनुसन्धान सुरु ★   नदीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको मृत्यु ★   जीवि राईलाई सरकारले भगाएको भन्ने कुतर्क कसैले पनि गर्न हुँदैन: प्रधानमन्त्री ★   संसदको गतिरोध अन्त्यका लागि सभामुख–प्रमुख सचेतकबीचको छलफल निष्कर्षबिहीन

राप्रपा युवासंघका अध्यक्ष केसीको नेतृ रेखा प्रति कटाक्ष: लिङ्देनको निष्ठा र इमान्दारितामा टिप्पणी गर्ने हैसियत नै पुग्दैन



काठमाडौँ । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष सुजित केसी पार्टी नेतृ रेखा थापालाई अध्यक्ष राजेन्द्र लिङ्देनको निष्ठा र इमान्दारितामा टिप्पणी गर्ने हैसियत नै नपुग्ने टिप्पणी गर्नुभएको छ ।

केही दिन अघि राप्रपा अध्यक्ष लिङ्देनले देशको अबस्था बिग्रदै जाँदा नयाँ पुस्तालाई जन्म दिन समेत बिदेश गएको बताउनु भएको थियो ।  राप्रपा नेतृ थापा पनि प्रसुतिका लागि हाल अमेरिका हुनुहुन्छ ।

आफु माथी अध्यक्षले कटाक्ष गरेको भन्दै थापाले सामाजिक संञ्जाल मार्फत लिङ्देनलाई देशको माया हुनेले आफ्नो सन्तान नेपाल फिर्ता बोलाए हुन्छ नी अमेरीकामा किन राखेको भन्दै प्रश्न गर्नुभएको थियो ।

अध्यक्ष लिङ्देन पुत्रि अध्यायनका लागि हाल अमेरिका मा हुनुहुन्छ ।

अध्यक्ष प्रति थापाको टिप्पणी पछि केसीले सामाजिक संञ्जालमा लेख्नु भएको छ-

अध्यक्ष राजेन्द्र लिङ्देनको निष्ठा र इमान्दारितामा टिप्पणी गर्ने तिम्रो हैसियत पुग्दैन रेखा । Rekha Thapa
योग्यता र क्षमता भएका सबैले संसारको जुनसुकै युनिभर्सिटीबाट आफ्नो शैक्षिक डिग्री प्राप्त गर्न सक्छन् । हाम्रो अध्यक्षको छोरीले अध्यक्षको छोरी भएबापत विशेष सेवा, सुविधा लिएर र प्राथमिकतामा परेर विदेशमा अध्ययन गर्न गएकी होइनन् । अरु सरह काम गरेर आफ्नो अध्ययनलाई अघि बढाउदैछिन् । ढुक्क हुनुहोस् अध्ययन सकिनासाथ उनी नेपाल फर्किन्छिन् । उनका अग्रज, समकालीन र जुनियर साथीहरु कार्डको प्रक्रियामा लाग्दापनि उनी त्यस्तो प्रक्रियामा सहभागी हुने सोचाइ र रुचिमा छैनन् । देश फर्कने र देशमै भविष्य खोज्ने उसको दृढता छ । भ्रम सिर्जना नगरौं ।