२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली नेतृत्व गलत बाटोमा हिँडिरहेको छः मनिषा कोईराला



अ+ अ-

काठमाडौँ । अभिनेत्री मनिषा कोईरालाले नेपाली नेतृत्व गलत बाटोमा हिँडिरहेको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित राष्ट्रियताको सन्दर्भमा गणतन्त्रको डेढ दशक विचार गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले सरकार र नेतृत्व कुन बाटोमा हिँडिरहेको छ भनेर एक पटक सोच्नुपर्ने बताउनु भयो । उहाँले अहिलेकै बाटोा देश अघि बढाउने हो भने गन्तव्य स्पष्ट नहुने बताउनु भयो । उहाँले वीर नेपाली भनेर चिनिने पहिचान अहिले फरक पहिचानका रुपमा परिणत भइरहेको बताउनु भयो । उहाँले नेपाल भूगोल, प्राकृतिक सौन्दर्यता र संस्कृतिले विश्वकै उत्कृष्ट रहेको बताउनु भयो । उहाँले रोमको आर्किटेक्चर भन्दा नेवारी र नेपाली आर्किटेक्चर धेरै राम्रो रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी अहिले कुन बाटोमा हिँडिरहेका छौँ । यही बाटोमा हिँड्ने हो भने हाम्रो गन्तव्य के हुन्छ ? कस्तो थियो हाम्रो नेपाल ? भन्नुस् त । वीर नेपाली भनेर चिनिन्थ्यो । भूगोल, नेचर, सांस्कृतिक सम्पदा, हिमाल, पहाड, तराई, नदी खोला कति राम्रो छ । हाम्रो सांस्कृतिक कल्चर, हेरिटेज हेर्नुस् त । मान्छेहरु भन्छन्, रोमको आर्किटेक्चर राम्रो छ । म त अहँ । नेवारी आर्किटेक सबैभन्दा राम्रो छ, दुनियाँभरमा । नेपाल प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छ ।’

अभिनेत्री कोईरालाले आउँदो पुस्तालाई भत्किएको, टुक्रिएको, आपसमा मतभेद राखेर फुटेको नेपाल हस्तान्तरण गर्न लागिरहेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल