१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै

भिजिट भिसामा विदेश जानका लागि ६ बुँदे नयाँ नियम लागू, अब के हुनुपर्छ ?

भिजिट भिसामा विदेश जानका लागि ६ बुँदे नयाँ नियम लागू, अब के हुनुपर्छ ?
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । सरकारले भिजिट भिसामा विदेश जानका लागि नयाँ नियम लागू गरेको छ ।

भिजिट भिसामा विदेश जानेहरुलाई ठगिन र गैरकानूनी ढंगले त्यही लुकेर काम गर्ने अवस्थाको अन्त्य गर्ने उद्देश्यसहित अध्यागमन विभागले बुधवारदेखि लागू हुने गरी ट्राभल एड्भाईजरीसहितको ६ बुँदे नियम लागू गरेको हो ।

भिजिट भिसामा जानेहरु नठगिउन् र विदेशमा लुकेर गैरकानूनी ढंगले काम गर्नुपर्ने अवस्थाको अन्त्य हुनेगरी अन्तर्राष्ट्रिय मापदण्डको आधारमा ६ बुँदे नयाँ नियम लागू गरिएको विभागका महानिर्देशक रुद्रसिंह तामाङले बताउनु भयो । जसअनुसार ६ महिनाको अवधि भएको पासपोर्ट हुनुपर्नेछ । त्यसैगरी गन्तव्य देशको भिसा, टिकट, होटल बुकिङ वा कतै आफन्तसँग बस्ने हो भने नाता प्रमाणित हुने कागजपत्र र सरकारी वा गैरसरकारी वा व्यक्तिगत रुपमा जाने हो ? त्यसको खर्चको विवरण उनीहरुसँग हुनुपर्नेछ ।

सरकारी वा गैरसरकारी संस्थाले खर्च नव्यहोर्ने अवस्थामा उनीहरुसँग ५ सय डलर बराबरको नगदी सटही भएको प्रमाण पनि बुझाउनुपर्ने महानिर्देशक तामाङले बताउनु भयो । यसअघि सरकारले भिजिट भिसामा विदेश जानका लागि १७ बुँदे नियम लागू गरेको थियो । त्यसमा नक्कली कागजातहरु बनाउने नाममा गठिने र विचौलियाहरुको फन्दामा परेर गन्तव्य मुलुकमा लुकेर गैरकानूनी ढंगले काम गर्ने अवस्था भएपछि अहिले नयाँ ६ बुँदे नियम लागू गर्नुपरेको पनि अध्यागमन विभागले जनाएको छ । न्युज एजेन्सी नेपालसँग् कुरा गर्दै महानिर्देशक तामाङले भिजिट भिसामा जानेहरुलाई विचौलियाको भर नपर्न र उनीहरुले ठगि गर्ने अवस्थामा परेमा तत्काल नेपाल सरकारको सम्बन्धित निकायमा सम्पर्क गर्न विभागले सल्लाह दिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले नेपाल सरकारले विदेशमा खासगरी भिजिट भिसा र पर्यटकीय भिसामा जाने प्रक्रियालाई अहिले सरल बनाएको छ । साविकमा नेपाल सरकारले नै निर्णय गरेर १७ वटा बुँदामा विभिन्न देशमा जाँदाखेरी अपनाउनुपर्ने कार्यविधिहरु थियो । त्यसले धेरै झन्झटहरु निम्त्यायो एउटा । अर्को, नक्कली कागजात बनाउनुपर्ने अवस्था पनि त्यसले निम्त्यायो । जस्तो कि प्लस टु पास गरेको हुनुपर्ने भनेपछि मान्छेले नपढेको मान्छेले पनि प्लस टुको सर्टिफिकेट बनाउन थाले । त्यस पछि २ वर्ष विदेश भ्रमण भनेपछि त्यसको पनि नक्कली बनाउन थाले । अंग्रेजी भाषा जानेको भनेपछि इन्ष्टिच्युटमा गएर नकक्ली सर्टिफिकेट बनाउन थाले । त्यहाँ चिन्नु न जान्नुको मान्छेसँग नाता कायम गरेर सम्बन्धि पालिकाबाट भन्दा पनि बाहिरबाट कागज बनाउन थाले । यसले विकृति भन्दा अरु केही ल्याएन । यसले दलाल र विचौलियाहरु मौलाए । म तपाईलाई विदेश पठाइदिन्छु । तपाईलाई यो यो कागज चाहिन्छ । त्यो कागज म बनाइदिन्छु भन्ने । त्यसपछि सेटिङ गरेर मान्छेहरुले व्यक्तिहरुले धेरै दु:ख पाए । यस्तो दु:ख पाएपछि यो गलत काम भयो नेर हामीले रोक्न खोज्दाखेरी विचौलियाहरु रेट बढेर झन बढी दु:ख दिन थालेपछि हामीले यसलाई सरलीकरण गर्ने निर्णय गरेका हौं । यसको अर्थ यो होइन कि भिजिट भिसामा साविकमा के प्रचलन थियो भने घुम्न जाने भन्ने तर त्यहाँ गएर काम गर्ने । त्यो थियो । अहिले हामीले यसलाई बढावा दिन पनि खोजेको होइन । थप कागजपत्र मागेको पनि होइन ।’

‘१७ वटा बुँदामा हुने कागज पत्रलाई हामीले अन्तर्राष्ट्रिय अभ्यासमा भएको उसको विशेष गरेर राहदानी र पासपोर्ट त चाहियो । यो नभई विदेश जान पाइएन । अर्को देशमा जानका लागि भिसा चाहियो । भिसा नभई विदेश जान पाइएन । जानको लागि टिकट चाहियो । आउने, जाने टिकट चाहियो । गएपछि त्यहाँ गएर बस्नुपर्‍यो । बस्नका लागि कि होटल चाहियो । होटल होइन भने मेरो आफन्त कहाँ बस्नुपर्‍यो भन्नुपर्‍यो । त्यसका लागि कागज चाहियो । त्यहाँ गएर खानुपर्‍यो । खानका लागि कसैले व्यहोर्छु भन्छ भने त्यो को हो ? सरकारी, गैरसरकारी संस्था होकि व्यक्ति ? त्यो चाहियो । होइन त्यो छैन ।। मसँग पैसा छ भन्ने हो भने ५ सय डलर टक्क खल्तीमा हालेर विदेशमा जाने हो । त्यो हिसावले सरल प्रक्रिया बनाई दिएको हो । अब केही हाम्रा श्रम गन्तव्य मुलुकहरु छन् । त्यहाँ चाहीँ मानिसहरु भिजिट भिसामा गएर काम गर्न थाले । अथवा त्यहाँ गैरकानूनी ढंगले छिर्ने भयो । त्यसपछि नेपाल सरकारले प्रतिवन्ध लगाएको विशेष गरेर महिला कामदारहरुलाई घरेलु कामदारका लागि प्रतिवन्ध लगाएका केही देशहरु छन् । त्यसमा पनि घरेलु कामदारको रुपमा काम गर्न थाले । यसले महिलाहरुलाई गाह्रो पर्ने भयो भनेपछि अब तपाईहरु घुम्न जाने हो भने घुम्न जानुस् । घुम्न जाँदाखेरी काम नगर्नुस् ।’

‘काम गर्न जाने हो भने नेपाल सरकारबाट श्रम स्वीकृति लिएर जानुस् । त्यो कुरा मलाई थाहा छ, मैले बुझेको छु, मलाई म यति मितिमा घमेर फर्कन्छु भन्ने एउटा स्वघोषणा चाहीँ हामीले सम्बन्धित त्यो श्रम गन्तव्य मुलुक भएको ६ वटा मुलुकहरुलाई हामीले त्यो सूचिमा राखेका छौं हामीले । त्यसो भएपछि हामीले यसलाई सजिलो बनाएको हो । भिजिटलाई जानका लागि जम्मा चाहिने भनेको अन्तर्राष्ट्रिय मापदण्डका भएका विषयमात्रै खोजेका छौं । त्यो भन्दा बढी कागजहरु जम्मा गर्नु पनि पर्दैन । कसैलाई नक्कली कागज बनाउनका लागि पैसा तिर्नु पनि पर्दैन । भिजिट भिसामा जानका लागि कुनै दलाललाई पैसा खुवाउन पनि पर्दैन । कुनै विचौलियामार्फत जान पनि पर्दैन । यो सहज रुपमा जाने व्यवस्था गरिएको हो । अब भिजिट भिसामा गएर काम गर्ने भनेको फरक प्रकृतिको कुरा हो । त्यही भएर उहाँहरुलाई के भनिएको छ भने–काम गर्ने हो भने श्रम स्वीकृति लिएर जानुस् भनेर भनेका छौं । अर्को, तपाई जाँदा त विभिन्न ठाउँमा जान्छ । मान्छेले ती ठाउँहरुबारे घोषणा पनि गर्दैन । अमेरिका जाने भनेर हाम्रो त बीचको जंगलमा हराइराखेको छ । युरोप जाने भनेर रशियातिर बन्दुक बोकिराखेको छ । विभिन्न फरकफरक ठाउँमा गएका छन् । कतिपय जोखिमपूर्ण ठाउँमा पनि गएका छन् ।’

‘त्यसो भएकाले हामीेल यात्रालार्ई सल्लाह (ट्राभल एड्भाईस) के गर्दा एउटा नेपाली नागरिक विदेश जाँदै हुनुहुन्छ भने तपाईले यो यो चिजमा ध्यान दिनुस् है । काम गर्न जाने हो भने काम गर्न जानुस । जहाँ जाने हो, त्यही देशको खुलाएर जानुस भनेर हामीले रिक्वेष्ट गरेका छौं । त्यसपछि काम गर्ने हो भने श्रम गरेर जानुस् । त्यसपछि विचौलियासँग भर नपर्नुस् । तपाई ठगिने अवस्था लागेमा यो यो ठाउँमा सम्पर्क गर्ने भनिएको छ । त्यो कुन कुन ठाउँमा सम्पर्क गर्ने भनेर श्रम मन्त्रालय, गृह मन्त्रालय, नेपाल प्रहरीको १०० नम्बर, जिल्ला प्रशासन कार्यालयदेखि लिएर वैदेशिक रोजगार विभागदेखि अध्यागमन विभागसम्म उहाँहरुलाई हामीले नम्बर समेत दिएका छौ कि यो यो ठाउँमा सम्पर्क गर्नुस् । तपाई ठगिनु हुन्न । कुनै विचौलियाले सबैथोक मिलाई दिन्छु भन्छ भने उनीहरुलाई नपत्याउनुस् । श्रम गर्न कोही जाँदै हुनुहुन्छ भने श्रम गर्ने मुलुकमा जानलाई म यसरी एजेण्ट हुँ भन्यो भने ऐनमा एजेण्टको व्यवस्था छैन । त्यहीअनुसार एजेण्टको भर नपर्नुस् । पैसा नै बुझाउनु छ भने म्यान पावर अफिसमा गएर बुझाउनुस् । रसिद लिनुस् । बाटो बुझाउने काम नगर्नुस भनेर हामीले यात्राका निस्कनु अघि सल्लाह दिएका छौं ।’

‘त्यसपछि तपाई कहाँ जाँदै हुनुहुन्छ ? त्यो देश कस्तो छ भन्ने सामान्य जानकारी राख्नुस् । सबै कुरा त सकिदैन । तर म के गर्दैछु, कहाँ जादैछु ? भन्ने चाहीँ जानकारी राख्नुस् भनेर हामीले आम सर्वसाधारण दाजुभाई, दिवीबहिनीहरुलाई यात्रा पछिका जोखिमहरुलाई कम गर्नका लागि हामीले यात्रा सल्लाह पनि दिएका छौं । घुम्न जानका लागि सहजीकरण पनि गरेका छौं । हिजोको जस्तो १० ठाउँमा कागज जम्मा गरेर जानुपर्ने अवस्थाको अन्त्य गरेका छौं । विचौलियासँग काम गर्ने कुरालाई हामीले पूर्णरुपमा बन्देज लगाउने भनेका छौं । यति गरेर पनि तपाईहरु नठगिनुस् भनेर कसैलाई पैसा बुझाउनु पर्दैन । टिकट, होटल र ५ सय डलर बराबरको पैसा चाहियो । त्यो भन्दा बढी पैसा कसैलाई बुझाउनुपर्ने आवश्यकता छैन भनेर भनेका छोैं । कसैले त्यो भन्दा बढी पैसा मागेमा सम्बन्धित निकायमा उजुरी गरेर ठगिनुबाट जोगिनुस् भनेर हामीेले सचेत पनि गराएका छौं । यो हामीले अन्तर्राष्ट्रिय प्रावधान अहुनसार सधैं लागू गरिने हो । यो स्थायी रुपमा लागू गर्नका लागि ल्याइएको व्यवस्था हो ।’

विभाग जारी गरेको ट्राभल एडभाइजरीमा भिजिट भिसामा जानेहरुले गर्ने कामको सूचि नै उल्लेख गरिएको छ । महानिर्देशक तामाङले सो एड्भाईजरीमा पासपोर्ट, भिसा, टिकट, त्यहाँ बस्ने ठाउँ र खर्च बाहेक भिजिट भिसामा विदेश जानेहरुले अन्य खर्च गर्नु नपर्ने कुरा उल्लेख गरिएको बताउनु भयो । —न्युज एजेन्सी नेपाल