१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै

९२ हजार स्वास्थ्यकर्मीको आवश्यकता छ, ३२ हजार पूर्ति गर्न पहल गर्दैछौँ: स्वास्थ्यमन्त्री

९२ हजार स्वास्थ्यकर्मीको आवश्यकता छ, ३२ हजार पूर्ति गर्न पहल गर्दैछौँ: स्वास्थ्यमन्त्री
अ अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा ९२ हजार कर्मचारीको आवश्यकता रहेको बताउनुभएको छ ।

बुधवार शुक्रराज ट्रपिकल तथा सश्ररुवा रोग अस्पतालको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफ्नो धेरै पहलले प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री डा. प्रकाशशरण महत स्वास्थ्य क्षेत्रमा ३२ हजार कर्मचारी पूर्ति गर्न सकारात्मक रहेको बताउनु भयो ।

उहाँले २०५४ सालेदेखि स्वास्थ्य मन्त्रालयले कर्मचारीको दरबन्दी बढाउन नसकेको जिकिर गर्नुभयो । उहाँले स्वास्थ्यकर्मीहरुको अभावका कारण आधारभुत र गुणस्तरीय सेवा प्रदान गर्न नसकिएको बताउनु भयो । उहाँले अहिले गाउँहरु बसाईंसराईको कारण रित्तिसकेको बताउनु भयो । उहाँले सामान्य रोग लाग्दा पनि विशिष्ट व्यक्तिहरु विदेश जाने कुराको अन्त्य गर्न आवश्यक रहेको भन्दै नेपालमै उपचार सम्भव हुँदा विदेश गएर उपचार गर्नेहरुको उपचार खर्च सरकारले नव्यहोर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालको मेडिकल शिक्षा दक्षिण एशियाकै उत्कृष्ट छ । त्यसकारण नेपालमा पढ्न पाउनुपर्‍यो भनेर, धेरै देशले पैसा तिरेर पढ्न पाउनुपर्छ भनिरहेका छन् । माल्दिभ्सका स्वास्थ्यमन्त्रीजीले त जति पटक भेट्यो उतिपल्ट भन्नुभएको छ । त्यो विश्वास छ, नेपालको मेडिकल शिक्षाप्रति । इण्डियामा २० लाख मान्छेले पढ्न फारम एप्किेसन दिँदा रहेछन् । परीक्षा दिँदा रहेछन् । ९ लाख बराबर पास हुँदा रहेछन् । एक लाखले भर्ना हुन पाउँदा रहेछन् । ८ लाखमध्येमा २५ हजार मात्रै डाक्टर नेपालमा पढाउन पाउने हो भने नेपालले खर्बौं रुपैयाँ कमाउँछ । भारतका मात्रै विद्यार्थी आउँदा । आज हाम्रा विद्यार्थीहरु बेपत्ता छन् ।’

‘नेपालको इतिहासमा नेपालको मेडिकल क्षेत्रको इतिहासमा यो ठूलो क्रान्तिकारी कदम हो । आज हामी एयरपोर्टमा जाऔँ, हजारौँको संख्यामा बाहिरएका छन् । गाउँ रित्तिसक्यो अब । बुढापाका, बच्चाबच्चीहरु मात्रै छन् । बच्चा पनि कहाँ युवायुवती गाउँमा बस्दैनन् । बसाईंसराईको समस्या ठूलो भइसक्यो अब । हामी नेताहरु ठूलाबडा भन्नेहरु सामान्य रोग लागे विदेश जाने, ठूलो रकम खर्च गराउने, गरिव र विपन्नहरुको लागि हामीले डाक्टर पठाउन सकेका छैनौँ । २०५४ सालेदेखि स्वास्थ्य मन्त्रालयले कर्मचारीको दरबन्दी सकेको छैन । एक जनाले दुईदेखि चार जनासम्मलाई हेर्नुपरेको छ । कसरी आधारभुत र गुणस्तरीय स्वास्थ्य सेवा पुग्नसक्छ । चाहेर पनि हुनसक्दैन । हामीलाई ९२ हजार कर्मचारी चाहिने रहेछ । तर कम्तिमा पनि ३२ हजार कर्मचारी नभइ हुँदैन भनेर म कराको कराइ छु । यसमा प्रधानमन्त्री र अर्थमन्त्रीज्यु पोजेटिभ हुनुभएको छ ।’

स्वास्थ्यमन्त्री बस्नेतले नेपालको मेडिकल शिक्षा दक्षिण एशियाकै उत्कृष्ट रहेको दाबी गर्दै नेपाल अध्ययन गर्न आउनेहरुको संख्या बढ्दै गइरहेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल