१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै

स्याङ्जामा दुई हजार दुई सय हेक्टरमा सुन्तला बगैँचा

स्याङ्जामा दुई हजार दुई सय हेक्टरमा सुन्तला बगैँचा
फाईल फोटो
अ अ+ अ-

वालिङ । स्याङ्जामा दुई हजार दुई सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिँदै आएको छ । जिल्लाका एघार स्थानीय तहमध्ये नौ स्थानीय तहमा व्यावसायिक सुन्तला खेती हुँदै आएको छ ।

चापाकोट नगरपालिका र कालीगण्डकी गाउँपालिकाबाहेक अन्य स्थानीय तहमा व्यावसायिकरुपमा सुन्तला खेती गरिएको छ । जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइअन्तर्गत सुन्तला सुपरजोन सञ्चालनमा रहेको छ ।

सुपरजोन सञ्चालनमा आएसँगै जिल्लाका विभिन्न स्थानीय तहमा सुन्तला बगैँचा फैलिँदै गएको सुन्तला सुपरजोन परियोजनाका वरिष्ठ कृषि अधिकृत माधवप्रसाद लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी पुतलीबजार नगरपालिकामा सुन्तला उत्पादन हुने गरेको छ । यहाँ आठ सय ५० हेक्टर क्षेत्रफलमा सुन्तला बगैँचा फैलिएको लम्सालले जानकारी दिनुभयो ।

उहाँका अनुसार भिरकोटमा तीन सय ५०, वालिङमा दुई सय ४० र गल्याङ नगरपालिकामा एक सय ३० हेक्टर तथा अर्जुनचौपारी गाउँपालिकामा दुई सय ७०, बिरुवामा एक सय ५५, आँधीखोलामा एक सय २५, हरिनासमा ४५ हेक्टर र फेदीखोला गाउँपालिकामा ३५ हेक्टर क्षेत्रफलमा सुन्तला बगैँचा रहेको छ ।

जिल्लाका विभिन्न स्थानीय तहमा फैलिएको दुई हजार दुई सय हेक्टर क्षेत्रफलमध्ये उत्पादनशील बगैँचाको क्षेत्रफल ६० प्रतिशत अर्थात् एक हजार तीन सय २० हेक्टर क्षेत्रफल रहेको परियोजनाका वरिष्ठ कृषि अधिकृत लम्सालले जानकारी दिनुभयो । “हाल सुन्तला बगैँचा रहेको क्षेत्रफलमध्ये एक हजार तीन सय २० अर्थात् ६० प्रतिशत क्षेत्रफलमा मात्रै सुन्तला उत्पादन हुँदै आएको छ”, उहाँले भन्नुभयो, “६० प्रतिशतले उत्पादन दिँदा ४० प्रतिशत अर्थात् आठ सय ८० हेक्टर क्षेत्रफलमा सुन्तलाका बेर्ना मात्रै छन् ।”

स्याङ्जामा चालु आर्थिक वर्षमा प्रतिहेक्टरमा १४ दशमल ४६ मेट्रिक टन सुन्तला उत्पादन भएको हो । यस आवमा स्याङ्जामा १९ हजार ८७ दशमलव २ मेट्रिक टन सुन्तला उत्पादन भएको लम्सालले जानकारी दिनुभयो । “यहाँ उत्पादन भएकोमध्ये ९० प्रतिशत अर्थात् १७ हजार एक सय ७८ दशमलव ४८ मेट्रिक टन सुन्तला बिक्रीयोग्य छ”, उहाँले भन्नुभयो, “बाँकी रहेको १० प्रतिशत अर्थात् एक हजार नौ सय आठ दशमलव ७२ मेट्रिक टन आन्तरिक खपत हुने गरेको छ ।”

एघार वर्षदेखि १५ वर्षे बोटको औसत उत्पादन धेरै रहेको भन्दै त्यस्ता बोटबाट प्रतिबोट औसतमा ७९ दशमलव छ केजी सुन्तला फल्ने गरेको कृषि अधिकृत लम्सालले जानकारी दिनुभयो । पाँचदेखि १० वर्षको बोटबाट प्रतिबोट २० केजी, १६ वर्षभन्दा माथिका बोटबाट प्रतिबोट ४५ केजी सुन्तला फल्ने उहाँले बताउनुभयो । रासस