१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि नबढाएकोप्रति प्रधानमन्त्रीसँग माधव नेपाल रुष्ट

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि नबढाएकोप्रति प्रधानमन्त्रीसँग माधव नेपाल रुष्ट
अ अ+ अ-

काठमाडौँ । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि नबढाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

अध्यक्ष नेपालले संसद र संसदीय समितिले पटक पटक स्थलगत अवलोकन समेत गरेर अघि बढाउन भनिएको सो अन्तर्राष्ट्रिय विमानस्थलको काम अझै पनि अघि नबढाएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालसँग गुनासो गर्नुभएको हो । तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानमन्त्री दाहालले पनि आफूसँग सो विमानस्थलको शिलान्यास गर्ने भनि आफैँले गरेको प्रतिवद्धता हालसम्म पनि कार्यान्वयनमा नआएको बताउनु भयो ।

देउवा र दाहालले काम अघि बढाउने वचन दिएपनि लागू नगरेकोमा आक्रोश व्यक्त गर्दै अध्यक्ष नेपालले त्यसलाई छिटो अघि बढाउन पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । मंगलवार संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले निजगढ विमानस्थललाई अघि नबढाउनका लागि तत्कालीन प्रधानमन्त्री केपी ओलीले काम आवश्यक नै नभएको भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने काम गरेको आरोप समेत लगाउनु भयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘धेरै पहिलेदेखि निजगढ विमानस्थलको कुरा उठिरहेको थियो । तर हामी बनाउन पुग्छौं भैरहवामा । बनाउन पुग्छौं पोखरामा । अव त्यहाँ प्लेन पठाएर खर्च जोहो गर्ने सोचिरहेका छौ हामी । ती विमानस्थलहरु अहिले बनाउनुपर्ने बेला भएकै थिएन । अर्थात अन्तर्राष्ट्रिय विमानस्थल बनाउने बेला भएको थिएन । अब अहिले निजगढमा बनाउनु हुन्न भन्ने कुराहरु आएका छन । अहिले भन्दा पहिलेका प्रधानमन्त्रीले शिलान्यास गर्ने भनिएको थियो, भएन । अहिले आउनु भएका प्रधानमन्त्रीले पनि आउने बित्तिकै गर्ने भन्नुभएको थियो, त्यो पनि भएन । त्यसो हुनाले म त्यो कुरामा फेरि पनि ध्यानाकर्षण गराउन चाहन्छु । यो समितिले धेरै पटक छलफल गरेर, फिल्ड भिजिट गरेर निकालेको निष्कर्ष हो त्यो । यस कुरामा म फेरि पनि जोड दिन चाहन्छु ।’

अध्यक्ष नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल शिलान्यासको काममा ढिलाई नगर्न पनि सरकारलाई दबाब दिनुभयो । —न्युज एजेन्सी नेपाल