१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल

क्षेत्री, बाहुनका कारण नेपाल धर्म निरपेक्ष राष्ट्र बन्योः अध्यक्ष लिङदेन

क्षेत्री, बाहुनका कारण नेपाल धर्म निरपेक्ष राष्ट्र बन्योः अध्यक्ष लिङदेन
file photo
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले क्षेत्री, बाहुनका कारण नेपाल धर्म निरपेक्ष बनेको आरोप लगाउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित नीलप्रसाद भण्डारी स्मृति पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशमा धर्म निरपेक्ष आउनुमा कम्युनिष्ट, काँग्रेस लगायतका पार्टी र नेताहरु भन्दा बढी दोषी बाहुन क्षेत्र र हिन्दु भन्नेहरु नै रहेको जिकिर गर्नुभयो । उहाँले मत नसच्याएसम्म हिन्दु राष्ट्र, हिन्दु धर्म र हिन्दु अधिराज्यको माला जपेर मात्रै हिन्दु राज्य नबन्ने बताउनु भयो । उहाँले धर्मबिहीन राष्ट्रियता र राजनीति हुन नसक्ने जिकिर गर्नुभयो । अध्यक्ष लिङदेनले जनताले मत परिवर्तन नगरेसम्म हिन्दु राष्ट्र फगत नारामात्रैमा सिमित हुने बताउनु भयो । उहाँले चुनावमा आफूले जितेपछि हिन्दु राज्य फर्काउँछु भन्नेहरुलाई जिताउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘धर्म राजनीति अलग कुराहरु हुन् भनेर हामीलाई गाली गर्ने मानिसहरु पनि छन् । तर हामी सधैँ भन्छौँ, धर्मबिहीन राष्ट्रियता पनि हुन सक्दैन र राजनीति पनि हुन सक्दैन । धर्म र राजनीति वा राष्ट्रियता र धर्मलाई अलग राख्यो भने के हुन्छ भन्नेकुरा अहिले देखिरहनुभएको छ । धर्मलाई राजनीतिसँग अलग गर्दा, धर्मलाई राजनीतिसँग अलग ढंगले बुझ्दा मानिसहरुलाई आफ्नै नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाइ पैसा कमाउने बुद्धि आउँछ । धर्मसहितको राजनीति गर्नुपर्छ, धर्म बिनाको राजनीति हुँदैन भनेर हिँड्ने थोरै मान्छे छन् । हिन्दु धर्म, राष्ट्र वा हिन्दु अधिराज्य त्यो चिज माला जपेर नारा लगाएर मात्रै आउँदैन ।’

‘त्यसका केही पद्धति र प्रक्रियाहरु छन् । त्यसको लागि तपाईहरुले दिलदेखि मत परिवर्तन गर्नुपर्छ । मैले चुनाव जितेँ भने नेपालमा हिन्दु अधिराज्य कामय गर्छु भनेर आएको व्यक्तिलाई जिताउनुपर्छ । पार्टी र नेताहरुलाई दोष दिएर हुँदैन । नेताहरुको बाध्यता थियो होला, बिके होलान्, सत्ता मोहमा परे होलान् । तर तपाईले ति पार्टीहरुलाई, ति धर्मनिरपेक्ष बनाउनेहरुलाई भोट नदिएको थियो भने कसरी बनाउँथे । नेपाललाई धर्म निरपेक्ष बनाउन जति पार्टी र नेताहरु दोषी छन्, जति विदेशीहरु दोषी छन्, त्यो भन्दा हामी हिन्दु हौँ भनेर ति पार्टीहरुलाई भोट दिने तपाईहरुको हात कम दोषी छैन । जबसम्म मत परिवर्तन गनुहुन्न, सच्याउनु हुन्न तबसम्म यो फगत नारामात्रै हुन्छ । वास्तवमा यो देशमा धर्म निरपेक्ष आउनुमा काँग्रेस, कम्युनिष्ट, यी अरु पार्टी कसैलाई दोष दिनु भन्दा पनि क्षेत्री बाहुको हात दोषी छ । आफूहरुलाई हिन्दु हौँ भन्नेहरुको हात दोषी छ । मलाई यो भन्नुमा कुनै आपत्ति छैन ।’

अध्यक्ष लिङदेनले नेपालमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले चहेर मात्रै धर्म निरपेक्षता नआएको बताउनु भयो । उहाँले धर्म निरपेक्ष बनाउन दाहाल भन्दा बढी दोषी नेपाली काँग्रेस रहेको बताउनु भयो । उहाँले हिन्दु अधिराज्य स्वीकार्न, राजालाई कुनै न कुनै ठाउँ दिन र प्रदेश खारेज गर्न सहमत भए नेपाली काँग्रेसको भाइ भएर हिँड्न राप्रपा तयार रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो राप्रपा कम्युृनिष्टसँग के कम्युनिष्टसँग भन्नु एमालेसँग बढी मिल्छ भन्ने पीर पिराउ छ, काँग्रेसीजनहरुलाई । चन्द्रजीसँग राम्रो सम्बन्ध छँदैछ । अब चन्द्रजी जस्तो तपाईहरु सबै हुनुभयो भने त तपाईहरु सबैसँग मिलिहाल्छौँ नि । सरकारमा जाँदा भन्दै हुनुहुन्थ्यो, सरकारमा जाँदै नजानु त भन्न मिल्दैन, तर माओवादीलाई नै किन भनेर प्रश्न गर्नेहरु मैले भेटेँ । मैले माओवादी अथवा प्रचण्डलाई किन नमान्नुपर्ने भनेको गणतन्त्र ल्याउने, धर्म निरपेक्षता ल्याउने, संघीयता ल्याउने भनेको यही प्रचण्ड हो । तिमीहरु यही चिजको बिरोध गर्छौं अनि यसैलाई मान्छौ भने । मैले भने र आज पनि भन्छु, प्रचण्डले त सिधा इमान्दारितासँग भनेका थिए, आन्दोलन घोषणा गर्दै ।’

‘गणतन्त्र, धर्म निरपेक्षता चाहिन्छ भन्ने उनै हुन् । प्रचण्डले चाहेर मात्रै आउँथ्यो, आउँदैन थियो । काँग्रेसले लाहछाप हानेपछि आएको हो । र नेपालले यो दुर्गति व्यहोर्नुपरेको हो । त्यसकारण प्रचण्ड भन्दा बढ्ता दोषी काँग्रेस हो । कि काँग्रेस सच्चिनुपर्छ की हामी सबै मिलेर यो काम लाग्दैन भनेर सक्नुपर्छ । राष्ट्रिय सभामा पनि घुमिफिरी एमाले र राप्रपा मिल्यौँ । एमालेले हामी मिल्दा प्रतिष्पर्धा हुने रहेछ, तपाईहरु एक सिट लिनुस्, हाम्ी एक सिट लिन्छौँ भन्छ, हाम्रो सानो सिट संख्यालाई पनि बराबरको मान्यता दिन्छ । काँग्रेस भन्ने पार्टी राप्रपालाई अछुत जस्तो व्यवहार गर्छ अनि हामी उसको भैया पार्टी भएर जान्छौँ त ? हिन्दु अधिराज्य मानौँ, राजालाई कुनै न कुनै ठाउँको स्थान दिलाऔँ, प्रदेश खारेज गरौँ । बाक्लो जनप्रतिनिधि घटाऔँ । न्यायाधीश योग्यता, क्षमताको आधारमा नियुक्ति गर्ने व्यवस्था मिलाऔँ । काँग्रेस त्यसमा मञ्जुर हुन्छ भने राप्रपा काँग्रेसको भाइ भएर हिँड्न तयार छ ।’

अध्यक्ष लिङदेनले राप्रपालाई समान व्यवहार गर्नेहरुसँग आफू मिलेर जाने बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल