• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo

संसदको हिउँदे अधिवेशन माघ २२ गते बोलाउन सिफारिस



file photo

काठमाडौँ । सरकारले संघीय संसदको हिउँदे अधिवेशन आह्वान गर्नेसम्बन्धी निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले संघीय संसदको हिउँदे अधिवेशन माघ २२ गते आह्वान गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिईन् ।

माघ २२ गते अपराह्न संसदको दुबै सदन (प्रतिनिधि र राष्ट्रियसभा) को अधिवेशन आह्वान गर्ने निर्णय भएको उनले बताईन् । यसअघि संसदको बजेट अधिवेशन कात्तिक १६ गते अन्त्य भएको थियो ।