२९ श्रावण २०८३, शुक्रबार
,
Latest
तातोपानी नाका २६ दिनदेखि ठप्प, चीनतर्फ र नेपालमा गरी २० अर्बभन्दा बढीको सामान रोकियो जेनजी आन्दोलनका निर्दोषमाथि अन्याय हुँदैन र दोषीलाई छुट दिइन्नः गृहमन्त्री नीति निर्माणमा निजी क्षेत्रलाई ‘साक्षी’ मात्र नबनाउन महासंघ अध्यक्ष श्रेष्ठको आग्रह नयाँ नेतृत्वसँगै नेपाली क्रिकेटमा नयाँ युगको शुरुवातः मुख्य प्रशिक्षक स्टुअर्ट ल भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीप लामिछानेलाई कप्तान बनायौँः पारस खड्का रोहितले स्थापना गरेको विरासतलाई अझ उचाईमा पुर्‍याउनु मेरो जिम्मेवारी होः सन्दीप प्रभु बैंकले ल्यायो आकर्षक सुविधासहित घर तथा सवारी साधन कर्जा योजना काँग्रेसलाई एकजुट बनाउनु मेरो मुख्य कर्तव्य होः डा. शशांक कोईराला दूरसञ्चार सेवाको पहुँच विस्तार र गुणस्तर सुधारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सञ्चारमन्त्री डा. तिमिल्सिनाको… कपिलवस्तुमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा पाँच जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

आहा! रारा गोल्ड कप आजबाट, थ्री स्टार र सहारा क्लब खेल्ने



पोखरा रंगशाला
अ+ अ-

पोखरा । सहारा क्लबको आयोजनामा आजबाट २३ औं आहा! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता सुरु हुँदैछ ।

उद्घाटन खेलमा आज आयोजक सहारा क्लब र थ्री स्टार क्लब प्रतिष्पर्धा गर्दैछन् । पोखरा रंगशाला हुन लागेको खेल दिउँसो २ बजेबाट सुरु हुनेछ ।

प्रतियोगितामा ८ ए डिभिजन, एक विदेशीसहित १२ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको दोस्रो दिन बुधबार त्रिभुवन आर्मी क्लब र राइजिङ स्टार फुटबल क्लबबीच हुनेछ । दुई ए डिभिजन टोली मछिन्द्र क्लब र जावलाखेल युथ क्लब माघ ११ गते खेल्नेछन् । दुई विभागिय टोली नेपाल एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लबबीच माघ १२ गते प्रतिस्पर्धा हुनेछ ।

साविक विजेता संकटा क्लब, भुटानको पारो फुटबल क्लब, मनाङ मस्र्याङ्दी क्लब र चर्च ब्वाइज युनाइटेड क्लबले भने सिधै क्वार्टरफाइनलमा प्रवेश पाएका छन् । प्रतियोगिताको २३ औं सस्करणको फाइनल माघ २० गते हुनेछ ।

प्रतियोगिताको विजेताले उपाधिसहित १२ लाख १ हजार पाउनेछन् । दोस्रो हुने टोलीले ६ लाख १ हजार रुपैयाँ र प्रि– क्वाटर खेल्ने दुवै टोलीले २० हजार, क्वाटरफाइनल खेल्ने टोलीले ३० हजार तथा सेमिफाइनल खेल्ने टोलीले ५० हजार रुपैयाँ प्राप्तत गर्नेछन् । साथै, सहभागी टालीले हरेक खेलमा प्रोत्साहन रकम पनि पाउनेछन्।

 




भर्खरै