१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल

वीर अस्पतालमा २६१ स्वास्थ्य जनशक्ति थप गर्दैछौँ: स्वास्थ्य मन्त्रालय

वीर अस्पतालमा २६१ स्वास्थ्य जनशक्ति थप गर्दैछौँ: स्वास्थ्य मन्त्रालय
अ अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालमा २६१ स्वास्थ्य जनशक्ति थप गर्न लागिएको बताएको छ ।

सोमवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्रालयका सचिव देवकुमारी गुरागाईंले वीर अस्पतालमा २६१ स्वास्थ्य जनशक्ति थप गर्न लागिएको बताउनु भयो । उहाँले केही दिनभित्रै लोकसेवाको सेड्युलबाट विज्ञापनमा आउने बताउनु भयो । उहाँले केही समयअघि करारमा रहेका वीर अस्पतालका २२१ जना कर्मचारी हटाइएको बारे सञ्चारमाध्यममा फरक ढंगले प्रचार गरिएको बताउनु भयो । उहाँले २२१ करारका कर्मचारीहरु कोरोनाका लागि राखिएको र गत साल नै निकाल्नुपर्नेमा मन्त्रालयले स्थायी दरबन्दी ल्याउन नसकेकाले राखिरहेको बताउनु भयो । उहाँले अहिले दशैँअघिदेखि नै ३ सय जना स्वास्थ्य जनशक्ति लोकसेवाबाट सिफारिस भएर काम गरिरहेको बताउनु भयो ।

उहाँले भन्न्ुभयो, ‘वीर अस्पतालको कुरा अलि फरक तरिकाले मिडियामा आएको छ । त्यो होइन । हामीले ८३१ दरबन्दी मध्ये ५ सय जना नर्सिङको दरबन्दी थियो । त्यसमा हामीले ३ सयको लोकसेवाबाट सिफारिस गरेर उहाँहरु दशैँअघिदेखि काम गर्दै हुनुहुन्छ । २३४ को विज्ञापन गइसक्यो । पद रिक्तको गरेर २६१ जनाको विज्ञापन गएको छ । २ सय बढी वीरबाट निकालियो भन्ने छ, त्यो अघिल्लो वर्ष नै निकाल्नुपर्ने थियो, लोकसेवाबाट प्रोसेस आइनसकेकोले उहाँहरुलाई काममा राखेका थियौँ । उहाँहरुलाई जुन रुपमा मिडियामा जानुभएको छ, त्यो होइन । उहाँहरुलाई कोभिड १९ केसको लागि राखेको थियो । स्थायी दरबन्दी ल्याउन नसकेकाले राखेका थियौँ । राज्यको श्रोतअनुसार गर्नुपर्ने भएकाले बाध्य भएर निकाल्नुपरेको हो । अहिले त्यसको रिप्लेस भइसकेको छ र २३४ प्लस अरु रिक्त गरेर २६१ विज्ञापन गइसक्यो, लोकसेवाको सेड्युलबाट सायद आजभोलि विज्ञापनमा आउँछ ।’

समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तोषिमा कार्कीले वीर अस्पतालका २२१ जना करारका कर्मचारीहरु एकै पटक किन हटाउनुपरेको भन्दै प्रश्न गर्नुभयो । उहाँले करारकै कर्मचारी निकालेर पुन: करारकै कर्मचारी किन राखियो ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘करारका कर्मचारीहरुलाई त्यसमै स्थायी दरबन्दी सिर्जना गरौँ भन्ने विषय राखेका थियौँ र केही महिनाअघि मात्रै वीर अस्पतालका २२१ जना करारका कर्मचारी हटाइयो । स्थायी दरबन्दी थपिन्छ की भन्ने जस्तो लागेको थियो, फेरि करारकै कर्मचारी लिइयो । उहाँहरुलाई हटाउनुपछिको कारण के थियो । उहाँहरु कारबाही परेर हो वा के कारण थियो ? फेरि करारकै कर्मचारी किन राखियो ?’

सांसद कार्कीले करारका कर्मचारीहरुलाई नै स्थायी दरबन्दी सिर्जना गर्नुपर्ने बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल