१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल

हिमपात नहुँदा हुम्ली किसान चिन्तित

हिमपात नहुँदा हुम्ली किसान चिन्तित
अ अ+ अ-

सिमकोट । हुम्लाका किसान लामो समयसम्म हिमपात नहुँदा खडेरी पर्ने चिन्तामा परेका छन् । माघको पहिलो सातासम्म पनि हिमपात नहुँदा यहाँका किसानको चिन्ता झन बढेको हो ।

पहिलेका वर्षमा यो समय हिमपात हुनुका साथै सदरमुकाम सिमकोटसहितका अग्ला थुम्का र डाँडा सेताम्ये देखिने गर्दथे । यस वर्ष जिल्लामा दुईपटक मात्रै हिमपात भएको छ । त्यसले किसानमा खासै उत्साह छैन । जिल्लामा हिउँदयाममा हिमपात नहुँदा चिसो बढेको छ । हुम्लाको आकाशमा केही दिनदेखि बादल मडारिए पनि हिमपात हुन सकिरहेको छैन ।

मङ्सिर, पुस र माघमा अत्यधिक हिमपात हुने भए पनि यस वर्ष मङ्सिर र पुस दुई महिनासम्म हिमपात खासै भएन । यो समय जिल्लामा हिमपात भएर सेताम्य हुने भए पनि उराठलाग्दो देखिएको छ । सिमकोट गाउँपालिका–३ का स्थानीय पेमा लामाले भन्नुभयो, “यतिबेला हिउँले जताजतै सेत्याम्ये देखिन्थ्यो, हिउँमा बालबालिकादेखि युवायुवती रमाउने गर्थे, तर यस वर्ष त्यसो हुनसकेन, पुस महिना सकिएर माघको आज ८ गते भइसक्यो ।”

यस वर्षको हिउँद याममा हिमपात र वर्षा दुवै नहुँदा विशेषगरी किसान चिन्तित बन्न थालेका छन् । हुम्लामा बर्सेनि मङ्सिर, पुस र माघमा भारी हिमपात हुने गरे पनि यस वर्ष किसानले सोचेअनुसार हिमपात हुन नसकेको बताएका छन् । सिमकोट–२ ठेहेका गौगोरा बोहराले भन्नुभयो, “जाडो मौसममा भारी हिमपात नभएका कारण खेतमा लगाइएको जौ, गहुँ र उवा बालीको उत्पादन घट्ने देखिएको छ, विगतका वर्षमा कात्तिकदेखि फागुनसम्म हिमपात हुनुका साथै किसानलाई राहत हुन्थ्यो ।”

यहाँको जमिन सुक्खा देखिँदै गएको छ भने हिउँदका समयमा हिउँ नपर्नुले सेताम्य हिमाल काला पत्थरमा परिणत हुन थालेका छन् । पुसमा बाक्लो हिमपात भएर सेताम्ये हुने जिल्लाका विभिन्न चाङ्ला, रलिङ, सैपाल, पञ्चमुखीलगायत उच्च हिमाल सुक्खा देखिएका छन् ।

जलवायु परिवर्तनमा आएको असर हुम्लासमेत परेको छ । आकाशमा बादल देखिए हिउँ पर्छ कि भनेर यहाँका किसानले आशा राखे पनि केही समयपछि बादल आकाशमै हराउने गरेको खार्पुनाथ गाउँपालिका–५ दुर्पा गाउँका गोर्ख रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो, “हुम्लामा दुई–तीन वर्षयतादेखि १० वर्ष पहिलाको जस्तो सोचेअनुसारको हिमपात हुन छाडेको छ ।”

हुम्लाका किसानले सोचेजस्तो हिमपात नहुँदा जेठमा पाक्ने जेठासी बाली उवा, गहुँ, जौलाई असर गर्छ भनेर कृषक चिन्तित भएका छन् । खेतबारीमा लगाइएको गहुँ, जौ, उवालगायत बालीलाई पुसदेखि जेठसम्म बेलाबेलामा पानीको आवश्यकतापर्ने भएकाले यस वर्ष समयमा वर्षा नहुँदा कृषक चिन्तित बनेका छन् । गर्त वर्ष ढिलोगरी हिमपात र वर्षा भएकाले यस वर्ष पनि ढिलो गरी हुन सक्छ कि भन्ने आशामा किसान छन् ।

जाडोयाममा पनि हिउँ नपरेपछि एकातिर चिसो बढ्दै गएको छ भने अर्कोतिर तुषारोले बाली खानेमा कृषक चिन्तित रहेको सर्केगाड गाउँपालिका–६ बराई गाउँका मानबहादुर ऐडीले बताउनुभयो । आवश्यकपर्ने हिउँ र वर्षा नभएपछि खेतमा लगाएको बाली नउम्रने र उम्रे पनि मरेर जाने भएको ऐडीले बताउनुभयो ।

ऐडीले भन्नुभयो, “हुम्लामा १० वर्षअघि जस्तो हिउँ अचेल परेको छैन, मङ्सिरमा दुई पटक पातलो हिउँ पर्‍यो, केही समयमै बिलायो ।” हिउँदमा हिउँ बेस्सरी परेर बाली राम्रो भएको वर्ष जेठासीको उत्पादनले चार, पाँच महिना मुस्किलले खान पुग्ने गरेको उहाँको भनाइ छ । हिउँदको महिना हिउँ नपर्दा जेठासी बालीका लागि खेतबारीमा सिँचाइको व्यवस्था नहुँदा खडेरीको समस्या निम्तिएको हो ।

किसान चिसो बढेकोभन्दा पनि हिमपात नभएका कारण खेतमा लगाइएको हिउँदेबाली जेठमा पाक्ने उवा, गहुँ र जौ सुक्ने भन्दै चिन्तामा छन् । हिमाली जिल्ला हुम्ला मात्रै नभएर कर्णाली प्रदेशका हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालीकोटका उच्च भेगमा हिमपात नहुँदा कृषक पनि चिन्तित बनेका छन् । रासस