१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल

अयोध्यामा राम मन्दिरको उद्घाटन, नेपालमा उल्लास

अयोध्यामा राम मन्दिरको उद्घाटन, नेपालमा उल्लास
अ अ+ अ-

धनुषा । मधेस प्रदेशको राजधानी जनकपुरधामबाट पाँच सय किलोमिटर टाढा रहेको भारतको अयोध्यामा राम मन्दिरको आज उद्घाटन भइरहँदा मधेससहित नेपालभरि नै उल्लासमय वातावरण बनेको छ ।

आज भारतको अयोध्यामा राम मन्दिरको स्थापना र रामललाको प्रतिमालाई प्राण प्रतिष्ठा दिइने चर्चा विषय बनेको छ । यति खेर जताततै चर्चाको प्रमुख विषय नै राम मन्दिरको उद्घाटन बनेको छ । अयोध्यामा नवनिर्मित भगवान् राम मन्दिरको प्राण प्रतिष्ठालाई लिएर मधेस प्रदेशको राजधानी भगवान् रामको ससुराली जनकपुरधामसहित मधेसका अधिकांश मठमन्दिर रङरोगन गरेर चिटिक्क बनाइएको छ भने जताततै राम र हनुमान अङ्कित झन्डा झुन्ड्याइएका छन् ।

राम मन्दिरको प्राण प्रतिष्ठाका लागि जानकी मन्दिरकोतर्फबाट चाँदीका धनुष वाणलगायत सुनचाँदीका विभिन्न गहना, लत्ताकपडा, फलफूलसहित एक हजारभन्दा बढी भार अयोध्या पठाइसकेको छ भने आज साँझ जनकपुरधामस्थित जानकी मन्दिरमा सवा लाख दीप बालिने भएको छ ।

राम मन्दिरको प्राण प्रतिष्ठाका दिन एक लाख २५ हजार दीप बाल्नुका साथै विशेष आरती गरिने तयारी गरिएको जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जीतेन्द्र साहले जानकारी गराउनुभयो । यसका साथै आज उत्सवका रूपमा मनाउन जनकपुरवासीलाई आग्रह गरिएको छ । राम मन्दिरको उद्घाटनका दिन दुवै मुलुकका लागि विशेष भएकाले दीप बाल्न तथा उत्सवमा उपस्थित हुन सबैमा आग्रह गरिएको छ ।

त्रेतायुगमै नेपाल र भारतको सांस्कृतिक सम्बन्ध जोडिएको र सोही सम्बन्धका कारण अयोध्यामा उत्सव छाएकाबेला नेपाल पनि उल्लासमय बनेको बताइएको छ । “त्रेतायुगमा राम र सीताको वैवाहिक सम्बन्धले दुई देशलाई एक सूत्रमा बाँधेको छ, जसको उदाहरण रामललाको प्राण प्रतिष्ठाको अवसर हो”, जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशणदास वैष्णव भन्नुहुन्छ, “भगवान् रामको मन्दिर अयोध्यामा पाँच सय वर्षपछि निर्माण हुनु र रामललाको प्रतिमाले प्राण प्रतिष्ठा पाउनु सबै सनातनी हिन्दू धर्मावलम्बीका लागि गौरवको कुरा हो र यस अवसरमा जति धेरै उत्सव मनाइन्छ त्यो कम नै हुन्छ ।”

जनकपुरधाम उपमहानगरपालिकाले पनि भगवान् रामको प्राण प्रतिष्ठा हुने दिन सनातनी हिन्दू धर्मावलम्बीका लागि विशेष दिन भएकाले पालिकाभित्र माछा, मासु, मदिरा बिक्रीवितरण नगर्न सबैमा अपिल गरेको छ । त्यसैगरी घरघरमा दीप बालेर खुसियाली मनाउन नगर प्रमुख मनोज साहले सबैलाई आग्रह गर्नुभएको छ ।

आज सार्वजनिक बिदा दिन माग गर्दै जानकी मन्दिरका उत्तराधिकारी रामरोसन दासले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई ज्ञापनपत्र बुझाउनुभएको छ । सो ज्ञापनपत्रमाथि अहिलेसम्म कुनै निर्णय नभएको मुख्यमन्त्रीको कार्यालयले जानकारी दिएको छ ।

सयौँ वर्ष लामो प्रतीक्षापछि भगवान् रामको मन्दिर निर्माण भएको खुसियालीमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका, क्षीरेश्वरनाथ, सहिदनगर, औरहीलगायत मधेस प्रदेशका दुई दर्जनभन्दा बढी स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन् । रासस