२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बिमस्टेक बैठकमा नेपालको प्रस्ताव : क्षेत्रीय विपद् संयन्त्र र संयुक्त कार्यदल गठन गर्नुपर्ने News Polar बिमस्टेक बैठकमा सहभागी भएर गृहमन्त्री गुरुङ आज स्वदेश फर्किँदै News Polar चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु News Polar १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियो, अनुमोदनको निर्णय हुन बाकी News Polar प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता News Polar देशभर २४ घण्टामा १५ विपद्का घटना, १० घाइते News Polar जुम्लाका २२० नागरिकले घरमै पाए राहदानी News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला

नेताहरु भनेको समाज र जनताले पैदा गर्ने कुरा हो : प्रचण्ड

नेताहरु भनेको समाज र जनताले पैदा गर्ने कुरा हो : प्रचण्ड
अ अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केही मुठ्ठीभर व्यक्तिहरुको आर्थिक स्तर माथि पुग्दैमा मुलुक सम्मृद्धिको बाटोमा अघि बढेको मान्न नसकिने बताउनुभएको छ । 

प्रकाश विकल्पद्धारा लिखित समृद्धिको रोडम्याप पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दे अध्यक्ष दाहालले समग्र मानव समाज सामाजिक न्याय सहितको सभ्यताको उचाईमा अग्रसर भएमात्र  सोही आधारमा सम्मृद्धिलाई नाप्न सकिने बताउनुभएको हो । मानिस हुनुको नाताले चेतनाको स्तर निरन्तर अघि बढेको छ कि छैन भन्ने कुरा प्रमुख कुरा भएकोे भन्दै उहाँले सामाजिक न्याय र चेतना तथा सभ्यताको स्तरमा अन्तर भयो भने त्यसलाई सम्मृद्धि मान्न नसकिने बताउनुभयो ।

उहाँले भन्नुभयो “सम्मृद्धि केलाई भन्ने ? केही मुठ्ठीभर व्यक्तिहरु अरबपति, खरबपति भए अरु धेरै व्यक्तिहरुले सामान्य मानविय सुविधा त प्राप्त गरे तर धनी र गरिबको ग्याव, सामाजिक न्यायको स्तर, मानिसको चेतनाको स्तर र सभ्यताको स्तरमा अन्तर पर्यो भने त्यसलाई सम्मृद्धि भन्न सकिदैन । समग्र मानव समाज नै एउटा हारमोनिममा, एउटा तादात्म्यमा सामाजिक न्याय सहित सभ्यताको एउटा नयाँ उचाई छुदै अगाडि बढेको छ कि छैन भन्ने नै मुख्य कुरा हो । ”

उहाँले समाज र जनताले नेता पैदा गर्ने भएकाले जनताको चेतनास्तरको महत्वपूर्ण भुमिका रहेको बताउनुभयो । लुसुन भन्ने महान कविले नेताका बारेमा भनेका कुराको दृष्टान्त दिदै उहाँले जनताको चेतनास्तर राम्रो र असल भए नेतालाई पनि असल बन्न कर लाग्ने बताउनुभयो ।

उहाँले भन्नुभयो “नेताहरु भनेको समाज र जनताले पैदा गर्ने कुरा हो । इतिहास र चेतनाको निर्माता जनता हो । नेता होइन । नेता मुख्य होइन । जनता मुख्य हो । जनताको चेतनाको स्तर आम रुपमा कति छ भन्ने कुराले नेता कस्ता जन्मन्छन् भन्ने निर्धारण गर्छ । नेताले जनता निर्धारण धेरै गर्देन । निर्णायक र मुख्य जनता हो । वर्गसंघर्ष , उत्पादनका निम्ति संघर्ष र बैज्ञानिक प्रयोगबाट बन्ने एभरेज सामाजिक चेतनाले नेतृत्व जन्माउने हो ।

एकथरी मान्छेलाई आदत भयो नेतालाई गाली गर्ने । त्यो सुनेपछि लुसुन भन्ने महान कवि ले भन्नुभएको थियो –जनता नै खराब भएकाले नेता खराब भएका । तपाईहरु असल हुनु त नेता असल नभई सुख पाउँछ त ? –नेताहरु जनता र इतिहासले नै पैदा गर्ने हो । जनताले नै संघर्षबाट पैदा हुने नेतृत्वको जिम्मेवारी र आकांक्षा परिपुर्तिका लागि समर्पित र योग्यता राख्छ कि राख्दैन भन्ने नै हो ।”

प्रकाश विकल्पद्धारा लिखित समृद्धिको रोडम्यापले सम्मृद्धिको सवालमा कयौ प्रश्नहरु उठाएको भन्दै उहाँले तीनै प्रश्न, उत्तर र बहसको बीचबाट नै सम्मृद्धिको रोडम्याप अझै परिष्कृत हुदै जाने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो “सम्मृद्धिको रोडम्याप पढ्दै जाँदा तपाईहरुले देख्ने थुप्रै प्रश्न हुन्छन् । म अहिले यसलाई उत्तर आईसकेको किताबको रुपमा पनि भन्न चाहन्न । यसले प्रश्न धेरै उठाएको छ । बहस नयाँ ढंगले उठाउन जमर्को गरेको छ । त्यही प्रश्न, उत्तर र बहसको बीचबाट नै सम्मृद्धिको रोडम्याप अझै परिष्कृत हुदै जान्छ भन्ने मैल ठान्दछु । ”

पुस्तकमा आफुलाई गाली गर्नेहरुको जमातलाई विभिन्न नेताका क्रियाकलापसंग तुलना गरेर लेखकले जवाफ दिने चेष्टा गरेको उल्लेख गर्दे उहाँले विरोधीले गरेको आलोचना भन्दा पनि आफ्नो वर्गले आफुलाई ठिक ढंगले चिन्यो कि चिनेन भन्नेमा आफु बढी संवेदनशील हुने गरेको उल्लेख गर्नुभयो । अध्यक्ष दाहालले मन नपराउनेहरुको एक समुहले धेरै पहिले आफुलाई मार्न खोजेको, “जियाडोनो ग्रिनो ”बनाउन खोजेको तर जनताले बचाएको उल्लेख गर्दे आफ्नो लडाई प्रधानमन्त्रीका लागि नभई तीनै  लक्षित वर्ग  र समुहदायको हितको लागि भएको स्पष्ट पार्नुभयो ।  

उहाँले भन्नुभयो “यथास्थितिबादी, परम्परावादी, लामो समय राज्य संञ्चालन जिम्मा लिएका मान्छेहरुलाई नाम पनि मन पर्दैन । काम पनि मन पर्दैन । उनीहरुले कहीँ न कही  टिप्पणी गरिनै राखेका हुन्छन् । मैले त्यसलाई अनौठो र अस्वभाविक मान्दिनँ । मलाई आफ्नै वर्गले ठिक ढंगले चिन्यो कि चिनेन ? भन्ने कुरा बढी चिन्ताको विषय बनेको छ । मेरा विरोधीले मलाई आरोप लगाउनु, गाली गर्नु  र आलोचना गर्नु किनभने मलाई एकाधरीले त मलाई मार्ने खोजेको हो नि त । अहिले सम्म बाँचिरहिएको छ कताकताबाट । त्यो कस्ले बचायो भन्दा जनताले बचाएका हुन्, अरुले त होइन । जियाडोनो ग्रिनो त मलाई नै बनाउन खोज्या हो नि त । तर म दुईचोटी प्रधानमन्त्री भईसकेँ । अब मलाई प्रधानमन्त्री बन्ने हतारो पनि छैन । प्रधानमन्त्रीको निम्तिको लडाई पनि होइन मेरो । ”

आलोचकहरुले आफ्ना बारेमा धेरै नकारात्मक प्रचारबाजी गरेर जनतामाझ नराम्रो छबि बनाउने कोशिष गरे उल्लेख गर्दै उहाँले लेखकले भने यथाअवस्थालाई छर्लङ्ग राखेको भन्दै लेखनीको प्रसंसा पनि गर्नुभयो ।